धादिङ १६ असोज
नयाँ बस्ती कृषि सहकारी सस्था लि. सिद्धलेक गाउँपालिका-१. धादिङको ११ औं साधारण सभा शनिबार सम्पन्न भएको छ । सहकारीका अध्यक्ष जोन लामाको अध्यक्षतामा भएको साधारणसभामा नीलकण्ठ नगरपालिकाका उप-प्रमुख एवं नेकपा(माओवादी केन्द्र) प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर एक, धादिङका इन्चार्ज मनराज भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो भने माओवादी केन्द्र सिद्धलेक गाउँपालिका अध्यक्ष पुष्प थपलिया, अखिल नेपाल खेलकुद महासङ्घ धादिङका इन्चार्ज अमृत तामाङ , रेडियो बिहानीका स्टेसन म्यानेजर सन्जय देवकोटा, माओवादी केन्द्र सिद्धलेक गाउपालिका वडा नम्बर १ का अध्यक्ष पेमा लामा, नीलकण्ठ नगरकमिटी सदस्य हरिकृष्ण अम्साल लगायत विभिन्न संघ सस्थाका प्रमुख एवं प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।
वि. स. २०६६ सालमा स्थापना भएको सहकारीमा कुल ६१ जना सदस्य रहेका छन् भने आर्थिक वर्ष २०७७/०७८ मा १७ लाख ४४ हजार २ रुपैयाँको कारोबार गरेको छ भने रु. एक लाख ४ हजार ७ सय ५१ नाफा गरेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी भण्डारीले सेयर सदस्य वृद्धि गरेर सहकारीको नाम अनुसार व्यवसायिक कृषि क्षेत्रमा लगानी गर्न सेयर सदस्यहरुलाई प्रोत्साहन गर्नुपर्ने बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस