धादिङ ५ जेठ
धादिङमा युवा लक्षित व्यवसायिक सिपमुलक तालिमको उद्घाटन भएको छ ।
शनिबार धादिङवेशी जिल्ला समन्वयको सभाहलमा बागमती प्रदेश सरकार सामाजिक बिकास मन्त्रलयको आर्थिक सहयोगमा जिल्ला युवा समिती धादिङको आयोजना ब्रिलियन्ट मेनपावर ट्रेनिङ सेन्टर प्रा.लि काठमाण्डौ, वल्र्ड लिङक टेक्निकल ट्रेनिङ ईन्ष्टिच्युट प्रालि काठमाण्डौ,नवरत्न टेक्निकल ट्रेनिङ ईन्ष्टिच्युट प्रालि काठमाण्डौ, एसोसेयट नेपाल सिनर्जी प्रा.लि काठमाण्डौको सहकार्यमा एक भव्य कार्यक्रमको आयोजना गरि उद्घाटन गरिएको हो ।
जिल्ला सदरमुकाम आसपासमा एक महिना(१६० घण्टा)सम्म सञ्चालन हुने उक्त तालिममा कुक, टेलरिङ, व्युटि पार्लर, सामूदायिक कृषि सहायक,विल्डिङ ईलेक्ट्रिसियन लगायतको तालिम प्रदान गर्ने भएको छ । प्रत्येक विषयगत तालिममा २०÷२० जनाको सहभागी रहेको छ ।
बागमती प्रदेश युवा समिती स्वयं सेवक सपना दाहालको अध्यक्षता जिल्ला समन्वय समिती प्रमुख नवराज अधिकारीको प्रमुख आतिथ्यतामा उद्घाटन भएको तालिम कार्यक्रममा नीलकण्ठ नगरपालिकाका उपप्रमुख दिपक विश्वकर्मा,प्रदेश खेलकुद परिषद वोर्ड सदस्य अमृत तामाङको विशिष्ट आतिथ्यता रहेको कार्यक्रममा विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधी,पत्रकार लगायतको सहभागीता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस