धादिङ ११ बैशाख
ग्रामिण मुखि युवा अभियान (रोयम) नेपालको परियोजना शुभारम्भ तथा समन्वय बैठक सम्पन्न भएको छ ।
मंगलबार ग्रामिण मुखि युवा अभियान (रोयम) नेपालको आयोजना तथा नीलकण्ठ नगरपालिका वडा नम्बर ५ को सहकार्यमा उक्त बैठक सम्पन्न भएको हो ।
वडा नम्बर ५ का वडा अध्यक्ष रामकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको बैठकमा नीलकण्ठ नगरपालिकाको उपमेयर दिपक विश्वकर्माको प्रमुख आतिथ्यता रहेको थियो भने सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुलीको विशेष आतिथ्यता रहेको थियो ।
बैठकमा संस्थाको परिचय, संस्थाले परियोजना कार्य गर्नका लागि छनौट गरेको स्थान र परियोजनाको नाम, परियोजनाको अवधि, परियोजनाको उद्धेश्य, परियोजनाको मुख्य विषयगत क्षेत्रहरु, परियोजनाबाट लाभाम्बित जनसंख्या तथा घरधुरि, परियोजनाको २०२४को वार्षिक बजेट कार्यक्रम, परियोजना अबधिमा सम्पन्न गर्ने मुख्य कार्यक्रमहरु र परियोजनाको आपेक्षित उपलब्धिको बारेमा छलफल गरिएको थियो ।
सन् २००९ मा स्थापना भएको उक्त ग्रामिण मुखि युवा अभियान (रोयम) नेपाल गैर नाफमुलक र राष्ट्रिय स्तरको गैर सरकारी संस्थाले विशेष गरि गरिबी निवारण सीप हस्तान्तरण गर्नुका साथै युवा नेतृत्वको विकास गर्दै राष्ट्रिय स्तरमा दिगो विकास लक्ष्य प्राप्तिको लागि शिक्षा, स्वास्थ्य, जलवायु परिवर्तन, सरसफाई, लैंगिक समानता, वातावरण संरक्षण र सामाजिक न्यायको लागि निरन्तर काम गर्दै आईरहेको छ । साथै संस्थाले समुदायमा रहेको संरचनागत विभेदको अन्त्यको लागि सिमान्तकृत समुदायको एकिकृत अभियानको लागि वातावरण सिर्जना गर्ने प्रयास गरिरहेको छ ।
धादिङको दुई वटा स्थानिय तह नीलकण्ठ नगरपालिका वडा नम्बर ५ र नेत्रावती डब्जोङ गाँउपालिका वडा नम्बर ५ मा धादिङ जिल्लामा महिला दलित तथा सिमान्तकृ समुदायको आर्थिक सामाजिक सशक्तिकरण को नाममा तीन बर्ष सम्म उक्त परियोजना संचालन सन्चालन हुने हो ।
संस्थाले उक्त दुई स्थानिय तह संगको साझेदारीमा परम्परागत खाद्यन्न बालीमा आधारित प्रणालिलाई परिमार्जन गर्दै आयआर्जनका स्रोतहरुको बैकल्पिक व्यवस्थाद्वारा आयआर्जनमा बृद्धि गर्ने,श्रमता अभिबृद्धि तथा रुपान्तरित नेतृत्वका कार्यक्रमहरुको माध्यमबाट महिला दलित तथा सिमान्तकृत समुदायको नेतृत्वदायि तथा निर्णायक तहमा पहँुच अभिबृद्धि गर्ने, महिलाहरुको पैरवि क्षमतामा सबलिकरण गरि सामुदायिक विकासमा गतिविधिहरुमा सहभागि अभिबृद्धि गर्ने लगायतको उदेश्यले कार्यक्रमको शुभारम्भ गरेको हो ।
त्यसै गरि नीलकण्ठ नगरपालिकाका उप मेयर दिपक विश्वकर्माले वित्तीय साक्षरता कार्यक्रमलाई गाउँगाउँमा लैजाने बताउनुभएको छ । उहाँले वित्तीय अनुशासन बनाउन र आम्दानी, खर्च, ऋणको लेखाजोखा गरेर कारोबार गर्न सक्नेगरी नगरपालिका भित्रका नागकिरहरुलाई सचेत गराईने बताउनुभयो । नीलकण्ठ नगरपालिकाले आगामी दिनमा विभिन्न पेशा,व्यावसाय गर्ने वा आर्थिक कारोबार गर्ने व्यक्तिहरुलाई वित्तीय अनुशासनको विषयमा जानकारी गराउने लक्ष्य रहेको बताउनुभयो ।
साथै कार्यक्रममा उपस्थित भएका सम्पुर्ण अतिथिहरुले सल्लाह सुझाव प्रस्तुत गर्नूका साथै संगसंगै सहकार्य गर्ने प्रतिबद्धता जनाउनुभएको छ । कार्यक्रममा गैर सरकारी संस्थाका अध्यक्ष शालिकराम दुवाडी, नेपाल पत्रकार महासंघ धादिङको अध्यक्ष राजाराम शर्मा, दलित सेवा संघ अध्यक्ष श्याम मग्राती लगायत विभिन्न प्रतिनिधी, पत्रकार र कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस