धादिङ ०९ असोज
धादिङमा कोरोनाका सक्रिय संक्रमित १९ जना रहेका छन् । पछिल्लो २४ घण्टामा सिद्धलेकका थप २ जनामा कोरोना संक्रमण पुष्टि हुदाँ ३ संक्रमित निको भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।
जिल्लाभर आज ११ एण्टिजेन परिक्षण मध्ये २ पोजिटिभ आएको हो । जिल्ला हस्पिटल आइसोलेसनमा ३ र होम आइसोलेसनमा १६ जना रहेका छन् भने हस्पिटल क्वारेण्टीनमा ५ रहेका छन् ।
प्रतिक्रिया दिनुहोस