काठमाडौँ ०८ भाद्र
काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाको स्वरुप परिवर्तन भएको छ । अब देखि साँझ ८ बजेपछि पनि गाडी चलाउन पाइने भएको छ भने भौतिक उपस्थितिमै गोष्ठी, सेमिनार लगायतका क्रियाकलाप गर्न पनि पाइने भएको छ ।
आज बसेको काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले भौतिक उपस्थितिमै बढीमा २५ जनाको सहभागितामा गोष्ठी, तालिम, सेमिनार, बैठक, समीक्षा, प्रशिक्षण लगायतका क्रियाकलाप गर्न पाउने निर्णय गरेको हो ।
यसअघि समूहमा सञ्चालन हुने यस्ता क्रियाकलाप भर्चुअल माध्यमबाट मात्रै गर्न पाउने प्रावधान थियो ।उपत्यकामा निषेधाज्ञाभने भदौ १६ गतेसम्म थप गरिएको छ। बैठकले पुरानै नियमलाई कायम राख्दै निषेधाज्ञाको समय थप गर्ने निर्णय गरेको हो ।यस अवधिमा एक साताअघि जारी गरिएका सबै नियम यथावत् रहनेछन् ।
प्रतिक्रिया दिनुहोस