काठमाडौँ ८ भाद्र
संसदको शिक्षा तथा स्वास्थ्य समितिले कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमा गराउनसरकारलाई निर्देशन दिएको छ । आज बसेको समितिको बैठकले जनस्वास्थ्यका मापदण्ड पालना गरी भौतिक उपस्थितिमा तत्काल परीक्षा गराउन शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो ।
समितिसभापति जयपुरी घर्तीले अन्य परीक्षाहरु भइरहेको भन्दै कक्षा १२ को परीक्षा गराउन निर्देशन दिइएको बताउनुभयो । कोरोना सङ्क्रमण जोखिमका कारण साउन ३१ देखि हुन लागेको परीक्षा स्थगित भएको थियो ।
समितिले कोभिड खोपको अभावमा विद्यार्थीहरू परीक्षामा सामेल हुन नसक्ने अवस्था आउन नदिनसमेत शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सचेत गराएकोसभापति घर्तीले जानकारी दिनुभएको छ ।
विद्यार्थीहरू खोप नलगाउने, छुट्ने र परीक्षामा सहभागी हुन नपाउने अवस्था आउन नदिन थप सचेत रहन समेत मन्त्रालयलाई समितिले निर्देशन दिएको छ ।
प्रतिक्रिया दिनुहोस