धादिङ २६ श्रावण
धादिङमा मङ्गलबार २५ जनामा कोरोना पुष्टि भएको छ । मङ्गलबार थपिएका सङ्क्रमितहरुमा नीलकण्ठमा ७, धुनिबेसीमा १, गल्छीमा २, गजुरीमा २, ज्वालामुखीमा ४, त्रिपुरासुन्दरीमा ३ र धादिङ्ग हस्पिटलमा परीक्षण गराएका ६ जना रहेको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ ।
यस्तै मङ्गलबार २८ जना कोरोना निको भएर डिस्चार्ज भएका छन् । हाल जिल्लामा सक्रिय संक्रमितको संख्या ४ सय १२ रहेका छन् जसमध्य हस्पिटल आइसोलेशनमा ११ जना र होम आइसोलेशनमा ४ सय १ जना रहेका छन् ।
मङ्गलबार जिल्लामा स्वाव संकलन भएको छैन । १ सय ७ एन्टिजेन परीक्षण मध्ये २५ जनामा पोजेटिभ देखिएको छ ।
प्रतिक्रिया दिनुहोस