धादिङ २६ श्रावण
शंखादेवी माध्यमिक विद्यालय बेनिघाट रोराङ–९, मझिमटार, धादिङमा ४ कोठे भवन शिलन्यास गरिएको छ । मङ्गलबार गाउँपालिका अध्यक्ष हरि डल्लाकोटीले एक कार्यक्रमका बिच उक्त भवनको शिलान्यास गर्नु भएको हो ।
कोयोन नेपाल, इटालीको सहयोगमा कुल ६५ लाख लागतमा निर्माण गर्न लागिएको विद्यालयका शिक्षक तिलक चेपाङले जानकारी दिनुभयो । दिनानुदिन विद्यार्थीहरुको संख्या बढ्दै गएको र कक्षाकोठा कम हुँदै गएकाले नयाँ भवन आवश्यकता परेको चेपाङले बताउनु भयो ।
३ महिनामा काम सम्पन्न गर्ने लक्ष्यका साथ भवन निर्माणका लागि ठेक्का सम्झौता गरिएको छ । करिब ५० प्रतिशत चेपाङ समुदायका विद्यालयहरु अध्ययन गर्ने उक्त आवासीय विद्यालयमा २०६५ सालदेखि कक्षा १२ सम्मको कक्षा सञ्चालन हुँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस