धादिङ २५ श्रावण
नीलकण्ठ नगरपालिका वडा नं ५ फ्याक्से धादिङमा डम्बर स्मृति समाज संस्था गठन भएको छ । जनयुद्धका महान् सहिद डम्बर श्रेष्ठको सम्झनामा स्थापना गरिएको उक्त संस्था एम्बुलेन्स सञ्चालन गर्ने उद्देश्यका साथ स्थापना भएको सल्लाहकार नेम बहादुर श्रेष्ठले जानकारी दिनुभयो ।
उर्मिला श्रेष्ठको अध्यक्षतामा गठन भएको ११ सदस्यीय उक्त संस्थाको उपाध्यक्षमा गोविन्द श्रेष्ठ, सचिवमा प्रितम श्रेष्ठ, कोषाध्यक्षमा डिल बहादुर श्रेष्ठ रहनुभएको छ । यस्तै संस्थाले वडा नं. ५ का अध्यक्ष राम बहादुर श्रेष्ठको संयोजकत्वमा ८ सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ ।
गाउँमा एम्बुलेन्स सञ्चालन गरी स्थानीय नागरिकहरुको उपचारमा थप सहजता प्रदान गरी जीवन रक्षा गर्ने उद्देश्यका साथ संस्था गठन भएकाले सम्पूर्ण सहयोगी मनहरुलाई सहयोगका लागि अनुरोध समते गरिएको सल्लाहकार श्रेष्ठले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस