धादिङ २५ श्रावण
सोमबार धादिङवेसीमा सर्वसाधारणलाई मास्क वितरण गरिएको छ । कोभिड–१९ को जोखिम कायमै रहेकाले सबै नागरिकलाई मास्क लगाउन अनुरोध स्वरुप सांकेतिक रुपमा मास्क वितरण गरिएको हो । जिल्ला प्रहरी कार्यालय धादिङको समन्वयमा जिल्लास्थित विभिन्न सरकारी कार्यालय तथा संघ संस्थाको सहभागितामा मास्क वितरण गरिएको हो ।
कोरोना रोकथाम सम्बन्धी जनचेतना मूलक कार्यक्रम सहित धादिङवेसी बजारमा मास्क नलगाई हिड्ने व्यक्तिहरुलाई मास्क वितरण गरिएको हो । विभिन्न जनचेतनामूलक व्यानर र प्ले कार्डसहित बजार परिक्रमा गरी मास्क नलगाई हिड्ने सर्वसाधारणहरुलाई नेपाल रेडक्रश सोसाइटी धादिङ र उद्योग वाणिज्य सघ धादिङको सहयोगमा प्राप्त १ हजार थान मास्क वितरण गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारि दिएको छ ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी ज्ञान प्रसाद ढकाल, जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख‚ स्वास्थ्य कार्यालय धादिङका प्रमुख‚ सशस्त्र प्रहरी बल धादिङवेसीका प्रमुख‚ अन्य सरोकारवाला निकायहरु संघसस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
कोभिड–१९ महामारीबाट बच्नको लागि नेपाल सरकारद्वारा श्रावण २३ गतेदेखि सुरु भएको सप्ताहव्यापी नेपाल मास्क अभियान कार्यक्रम अन्तर्गत प्रहरीले धादिङबेसीमा मास्क नलगाई हिड्ने सर्वसाधरणलाई मास्क वितरण गरेको हो ।
प्रतिक्रिया दिनुहोस