धादिङ १४ श्रावण
विहिबार धादिङमा २६ जनामा कोरोना पुष्टि भएको छ । विहिबार थपिएका संक्रमितहरुमा नीलकण्ठमा ५, धुनिबेसीमा ३, बेनिघाट रोराङमा ७, ज्वालामुखीमा ४, त्रिपुरासुन्दरीमा ४ र गंगाजमुनामा ३ जना रहेको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ । यस्तै विहिबार जिल्लामा डिस्चार्ज हुनेको संख्या ७२ रहेको छ ।
हाल जिल्लामा सक्रिय संक्रमितको संख्या ५ सय ५३ पुगेको छ । यस्तै जिल्लामा हस्पिटल आइसोलेसनमा १३, संस्थागत आइसोलेसनमा ४ र होम आइसोलेसनमा ५३६ रहेका छन् । जिल्लामा आज स्वाब संकलन भएको छैन । १ सय ४९ एन्टिजेन परीक्षणमध्ये ४७ पोजिटिभ आएको छ ।
प्रतिक्रिया दिनुहोस