धादिङ ०९ श्रावण
धादिङमा शनिबार ४४ जनामा कोभिड–१९ पुष्टि भएको छ । शनिबार थपिएका संक्रमितहरमा धुनिबेसीका ५ जना, गजुरीका १ जना, ज्वालामुखीका २ जना, त्रिपुरासुन्दरीका ६ जना, गंगाजमुनाका ६ जना, खनियाबासका ४ जना, रुबिभ्यालीका १२ र धादिंग अस्पतालमा परीक्षण गराएका ८ जना रहेको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ ।
यस्तै शनिबार जिल्लामा डिस्चार्ज हुनेको संख्या ६८ रहेको छ । हाल जिल्लामा सक्रिय संक्रमितको संख्या ५ सय ६७ पुगेको छ । यस्तै जिल्ला हस्पिटल आइसोलेसनमा १४, संस्थागत आइसोलेसनमा ६ र होम आइसोलेसनमा ५ सय ४७ रहेका छन् । शनिबार धादिङ्ग हस्पिटलमा १८ स्वाब संकलन भएको छ । १ सय ३ एन्टिजेन परीक्षण मध्ये ४४ जनामा पोजिटिभ देखिएको हो ।
प्रतिक्रिया दिनुहोस