धादिङ २३ असोज
नेपाल रेडक्रस सोसाइटी धादिङ जिल्ला शाखाको आयोजनामा शुक्रबार त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. २ सल्यानटारका ६० जनालाई सरसफाई तथा स्वच्छता सामग्री(हाइजिन किट) सहयोग गरिएको छ । कोभिड १९, पूर्वतयारी तथा प्रतिकार्य कार्यक्रम अन्तरगत उक्त सामग्रीहरु हस्तान्तरण गरिएको नेपाल रेडक्रस सोसाइटी धादिङ जिल्ला शाखाका सभापति नारायण तिमल्सिनाले जानकारी दिनुभयो । जिल्लाको ज्वालामूखी गाउँपालिका र त्रिपुरासुन्दरी गाउँपालिकामा सञ्चालित उक्त परियोजनामार्फत कोभिड १९ सङ्क्रमणको जोखिममा रहेका तथा सङ्क्रमितहरुलाई लक्षित गरी उक्त स्वच्छता सामग्रीहरु हस्तान्तरण गरिएको परियोजना संयोजक शुशिला श्रेष्ठले बताउनु भयो ।
हाइजिन किट्समा मुख पुछ्ने टावेल ४ थान, नुहाउने, लुगा धुने सावुन, मज्जन ब्रस, सेनिटरी प्याड लगायतका सामग्रीहरु रहेका छन् । नेपाल रेडक्रस सोसाइटी धादिङ जिल्ला शाखाका सभापति नारायण तिमल्सिना सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख, स्थानीय जनप्रतिनिधिको रोहबरमा उक्त सामग्री हस्तान्तरण गरिएको हो ।
प्रतिक्रिया दिनुहोस