• अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • हाम्रो समाज
  • शेयर बजार
  • रेडियो बिहानी बिशेष
  • सिफारिस
  • रोजागरी
  • खेलकुद
  • अन्य समाचार
  • पर्यटन
  • फिचर
  • भिडियो
  • मनाेरञ्जन
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • साहित्य
  • सूचना प्रबिधि
  • स्वास्थ्य/शिक्षा
  • English
आज:  | Thu, 01, Jun, 2023
  • समाचार
  • रेडियो बिहानी बिशेष
  • अर्थ खबर
  • स्वास्थ्य/शिक्षा
  • सूचना प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार/ब्लग
  • अन्तर्राष्ट्रिय
  • English

    सिद्धलेक गाउँपालिका धादिङद्धारा नीति तथा कार्यक्रम सार्वजनिक

    ११ असार २०७७, बिहीबार ०७:५५

    रेडियो बिहानी संवाददाता

    धादिङ १० आषाढ
    धादिङको सिद्धलेक गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७७÷०७८ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । । बुधबार गाउँपालिकाको कार्यालय बुङचुङमा भएको सातौँ गाउँसभाबाट आगामी आर्थिक वर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रम सार्वजनिक गरिएको हो । कृषि तथा पशुपालन, स्वास्थ्य, पर्यटन, भौतिक विकास जस्ता विषयलाई प्राथमिकता दिदै नीति तथा कार्यक्रम सार्वजनिक गरिएको गाउँपालिका अध्यक्ष प्रेम सिलवालले जानकारी दिनुभयो । यस्तै गाउँपालिकाले ५४ करोड ४३ लाख ५२ हजार २ सय ८७ रुपैयाँ बजेट समेत प्रस्तुत गरेको अध्यक्ष सिलवालले बताउनु भयो ।
    गाउँपालिका अध्यक्ष प्रेम सिलवालद्धारा प्रस्तुत गरिएको नीति तथा कार्यक्रमको पूर्ण पाठ
    सिद्बलेक गाउँपालिकाको नीति तथा कार्यक्रम
    आ.व. २०७७/०७८
    श्रीमान प्रमुख अतिथी ज्यू,
    विशेष अतिथि ज्यूहरु,
    श्री गाउँ सभाका सदस्य ज्यूहरु,
    श्री राजनितिक दलका प्रमुख तथा प्रतिनिधि ज्यूहरु,
    उपस्थित पत्रकार मित्रहरु,
    सुरक्षा निकायका प्रतिनिधि ज्यू ,
    कार्यालय प्रमुख लगायत सम्पुर्ण कर्मचारी मित्रहरु,
    आदरणिय वुवा आमा तथा दाजुभाई दिदि वहिनीहरु
    लगायत, सम्पूर्ण उपस्थित माहानुभावहरु
    सिद्बलेक गाउँपालिकाको निमन्त्रणालाई स्वीकार गरी उपस्थित हुनु हुने सम्पूर्ण  महानुभावहरुमा हार्दिक स्वागत एवम् अभिवादन व्यक्त गर्दछु । सर्वप्रथम, सम्पूर्ण विश्वव नै कोभिड(१९ ९ कोरोना भाइरस ० महामारीको चपेटामा परिरहेको चूनौतीपूर्ण र असहज अवस्थामा जीवन गुमाउनु हुने नागरिकका शोकाकुल परिवारजन प्रति गहिरो समवेदना व्यक्त गर्दै उपचाररत सम्पूर्णको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु । यसका साथै नागरिकहरुको अधिकार र स्वतन्त्रताको लागि योगदान दिने सम्पूर्ण ज्ञात अज्ञात सहिदहरु प्रति हार्दिक श्रद्बान्जली अर्पण  गर्दछु ।
    संविधान सभाद्बारा जारी भएको नेपालको संविधान २०७२ ले देशमा लोकतान्त्रिक गणतन्त्र स्थापनासंगै जातीय, क्षेत्रीय,भाषिक, धार्मिक, लैंगिक लगायत सवै प्रकारका छुवाछुतको अत्य गरी आर्थिक समानता र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक, समावेशी, समान वितरण प्रणालीमा आधारित र सहभागिता मूलक सिद्बान्तका आधारभूत समानतामुलक समाजको निर्माणको परिकल्पना गरेको छ । मिति २०७४ वैशाख ३१ गतेको स्थानीय निर्वाचन द्बारा सिद्धलेक बासीको विश्वािस जित्न  सफल भई जनचाहना अनुरुप जनसमुदायले चाहे अनुसार जननिर्वाचित प्रतिनिधीहरु द्बारा जनहितको लागि निरन्तर प्रयास जारी राखेका छौ । यसका साथै जननिर्वाचित प्रतिनिधि सामू २०७२ को विनाशकारी भुकम्पवाट क्षति हुन गएका घर टहराको पुनर्निर्माण कार्य अवधि अन्तिम चरणमा पुगेको छ । यस अवस्थामा पालिका भित्र भुकम्पवाट घर क्षति भै लाभग्राहीमा नाम छुटेका वास्तविक लाभग्राहीहरुको समस्या समाधान तर्फ विशेष पहल भैरहेको छ ।
    मिति २०७४ /०३/३१ गते पहिलो गाउँ सभा सम्पन्न पश्चात हालसम्म यस सिद्बलेक गाउँपालिकालाई कार्य सम्पादन गर्न आवश्यक विभिन्नय ऐन, नियम ,कार्यविधि, निर्देशिका वनाई सिद्धलेक गाउँपालिकाको पहिचान स्थापित गरी काम गर्न सहज वातावरण वनाएका छौ । गाउँपालिकाको संस्थागत संरचना निर्माण गर्न र वाँकी रहेका ऐन, नियम, कानून, नीति, निर्देशिका आवश्यकतानुसार निरन्तर निर्माण गर्नुका साथै पहिला निर्माण भएका ऐन नियमहरुलाई आवश्यकता अनुसार संशोधन गर्दै अगाडि बढीरहेको व्यहोरा अवगत गराउन चाहन्छु ।
    यसका साथै सिद्धलेक गाउँपालिकाले जग्गा खरिद गरी २४ कोठा सहितको तिन वटा भवन, करिव १५० जना अट्ने १ वटा हल र करिव २० जना अट्ने क्षमताको १ वटा मिनि हल निर्माण भै प्रयोगमा आइसकेको छ । साथै पालिका भित्र रहेका ७ वटा वडा मध्ये वडा नं। १,४,५र ७ का वडा कार्यालय भवनहरु निर्माण सम्पन्नई भई संचालनमा आइसकेका छन् भने वडा नं २ र ३ का कार्यालयहरुको निर्माण सम्पन्नन भई संचालनको प्रकृयामा रहेका छन् ।  पहिलो गाउँसभावाट विद्युत्त गुणस्तर सुधार गर्ने भनिएकोमा ७० प्रतिशत काठेपोल ९ १५०० वटा० स्टिल पोलवाट विस्थापित गरिएको छ भने २० वटा ट्रान्सफर्मर फेरिएको  छ ।
    उपस्थित महानुभावहरु, 
    समृद्ध नेपाल निर्माणको लागि प्रभावकारी योजनाहरुलाई व्यवस्थित रुपमा संचालन गर्न स्थानीय तहको महत्वपूर्ण भूमिका हुने भएकोले संविधानले परिकल्पना गरे अनुसार कार्यकारी अधिकार, न्यायिक अधिकार र  व्यवस्थापकीय अधिकार स्थानीय तहलाई दिए अनुसार आज हामीहरु यस गाउँपालिकाको सातौ गाउँ सभामा उपस्थित भएका छौ । संविधानले दिएको अधिकार प्रयोग गरी यस सातौ गाउँ सभामा आगामी आर्थिक वर्षमा संचालन गरिने नीति, नियम, ऐन, निर्देशिका, वजेट, कार्यक्रम, कर र गैरकर राजश्वको दर निर्धारण गर्न प्रस्तुत नीति तथा कार्यक्रमले सहज प्रदान गरी यसै चालु सभावाट वजेट तथा कार्यक्रम स्वीकृत गरी कार्यान्वयन गर्न गईरहेका छौ ।
    योजना तर्जुमा प्रकृयालाई जनसहभागिताको माध्यमवाट अगाडि वढाउन वस्ती, टोल, इलाका, राजनीतिक दल  विभिन्न  संघ संस्थाहरुवाट माग र सुझाव भई आए अनुसार नीति, योजना र कार्यक्रमहरु जनप्रतिनिधिको हैसियतले यस सिद्धलेक गाउँपालिकाको तर्फवाट सातौ पटक प्रस्तुत गर्न पाउँदा हामीमा गौरवको अनुभूति भएको छ । यस सिद्धलेक गाउँपालिका विकासको दृष्टिकोणले महत्वपूर्ण मानिन्छ । यस क्षेत्र भित्रका अल्पसंख्यक तथा पछाडि परेका वर्ग तथा समुदायलाई विकासको मूलधारमा ल्याई विकास निर्माण प्रक्रियामा अगाडि ल्याउन कृषि क्षेत्रको व्यवसायीकरण, विविधिकरण सहित आधुनिकीकरण गरी उत्पादनशिल क्षेत्रमा लगानी अभिवृद्धि गर्दै   रोजगारी सिर्जना गर्ने, सुशासन प्रवर्द्धन गरी सेवा प्रवाहमा प्रभावकारिता कायम गर्ने, पर्यटन क्षेत्र लाई जनजिवनको अभिन्न अंगको रुपमा विकास गरी प्रर्वद्धन गर्ने, सामाजिक विकास लाई कृषि पर्यटन संग आवद्ध गरी संस्थागत विकासको प्रतिफल हासिल गर्ने जस्ता चुनौती हामी माझ कायम नै रहेको छ ।
    यिनै चूनौतिका माझ पनि वुङचुङ भेडावारी मैदान सडक स्तर उन्न्ती भै नियमित रुपमा वस संचालनमा छ,  वैरेनी पिपलनलाङ ठाँटी कमलावारी मैदान सडक स्तर उन्न ति भै सहज अवस्थामा दैनिक यातायात संचालनमा रहेको र परेवाटार कूम्पूर भञ्ज्याङ वागवच्छला कालीदह सडक स्तर उन्नवति गरी यातायात सेवा संचालन गरिने तयारीमा छ । सडक स्तरोन्नतति गर्ने क्रममा परेवाटार( कुम्पुर भञ्ज्याङ-वागवच्छला सडक खण्डमा १.३ किलो मिटर, वुङचुङ ( भेडावारी- मैदान सडक खण्डमा २.८ किलो मिटर, वैरेनी( पिपलनलाङ-ठाँटी – कमलावारी सडक खण्डमा ७८० मिटर र वुङचुङ चोक ( गाउँपालिका कार्यालय सम्मको ६०० मिटर सडकमा कालोपत्रे गर्ने योजना रहेकोमा कोभिड- १९ महामारीका कारण उक्त कार्य शुरु हुन कठिनाई भएता पनि कार्य सम्पन्नक तर्फ हाम्रो प्रयास जारी रहेको छ ।  यसैगरी गाउँपालिका भित्र खानेपानीको समस्या समाधानका लागि डुमिडाँडा, काम्राङ र मुलावारीको डिप वोरिङ निर्माण कार्य सम्पन्न  भईसकेको छ भने  ढल्केपिपल, दमै थुम्का, अर्चले, कुँटीडाडा र अमिलिछापमा पाइपलाईन विस्तारको काम भईरहेको छ ।
    यस पालिकाको वडा नं। १ वैरेनी स्थित सिद्धलेक अस्पताललाई जग्गा दाताहरुवाट हालसम्म ७ रोपनी १० आना जग्गा अनुदान प्राप्त भै भवन निर्माणको प्रकृयामा रहेको छ । यस पालिकामा हालसम्म १ नं। वडाको बाझोगरा र ७ नं। वडाको महाकाली मा।वि मा खेल मैदान निर्माण भैसकेका छन् र वाँकी आवश्यक स्थानहरुमा पनि निर्माण गरिने कुरा अवगत गराउन चाहन्छु भने  उज्यालो सिद्धलेक अभियानलाई सार्थकता दिन परेवाटार देखि कालीदह सम्म कालुपाण्डे राजमार्गका वस्तिमा ११४ वटा सडक बती जडान भैसकेको पनि जानकारी गराउँदछु ।
    उपस्थित महानुभावहरु, कोभिड-१९ महामारीका कारण मानव जाति माथि शताव्दीकै सवै भन्दा ठूलो संकट पैदा भएको छ । हाम्रो पालिकावाट पनि रोजगारी लगायत विभिन्नो शिलसिलामा विदेशिनेहरुको संख्या धेरै छ ।   यस संकटको घडीमा आफ्नो घर फर्किएका वासिन्दाहरुलाई सुरक्षाका उपाय अपनाउन हाम्रो तर्फवाट पनि विभिन्नु प्रयास जारी रहेको छ । मित्रराष्ट्र  भारतवाट हालसम्म घर फर्किएका मध्ये १०० जनालाई नागेश्वरी आ.वि, सिद्धलेक -१, मिन्दुका मा.वि , सिद्धलेक -१ र गोल्मारानी आ.वि , सिद्धलेक-६ मा क्वानरेन्टिनमा राखी च्म्त् परीक्षण नेगेटिभ आएका ९८ जनालाई होम क्वा रेन्टिनमा रहने गरी घर पठाइएको र RDT पोजेटिभ देखिएका २ जनाको PCR परीक्षण गरिदा १जनालाई कोरोना पोजेटिभ देखिएकोले निजलाई दैनिक स्वास्थ्य परिक्षण गराउँदै आइसोलेसनमा राखिएको र PCR नेगेटिभ आउने १ जनालाई होम क्वाजरेन्टिनमा रहने गरी घर पठाइएको छ । यसका साथै वडा नं.७ मा स्थानीय समुदायको सहयोगमा भारतवाट घर फर्किएका ३ जनालाई सामुदायिक क्वामरेन्टिनमा राखिएको छ । यस महामारी वाट वच्नद हामी सवैले सावधानी अपनाउनु पनि जरुरी भैसकेको छ ।
    प्रस्ताव नं.१
    अव म सिद्बलेक गाउँपालिकाको आ.व. ०७७/०७८ को लागि प्रस्तावित नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अनुमति माग्दछु ।
    आर्थिक विकास नीति

    • व्यवस्थित पशुपन्छी फर्म, पोल्ट्री फर्म, मौरीपालन तथा दुग्ध उत्पादनको विकासका लागि आधुनिकीकरण र प्रविधिकरण गरी व्यवसायिक रुपमा सञ्चाालन गर्ने ।
    •  कृषि उपजको उत्पादन तथा उत्पादकत्व वृद्धिको लागि उन्नकत विउ विजन, प्रविधिको उपयोगको लागि चेतना वृद्धि तथा प्राविधिक सहयोग गर्ने र तरकारी खेती, फूल खेती आदिमा आत्मनिर्भर बनाउन कृषकहरुलाई कृषि प्राविधिक सम्मको पहूँचको सुनिश्चितता गर्ने ।
    • एउटै प्रकृतिका सहकारी संस्थाहरु वीच एकीकरण गर्न प्रोत्साहन गर्ने । छिमेकी स्थानीय तहवाट कार्यक्षेत्र विस्तारको अनुमति माग गर्ने संस्थाहरुलाई अध्ययनको आधारमा व्यवस्थित गरिने ।
    • सहकारीहरुको अनुगमन गरी अद्यावधिक अवस्थाका वारे जानकारी लिने । सहकारी शिक्षा तालिम तथा अवलोकन भ्रमणको माध्यमवाट दक्षता अभिवृद्बि गराइने छ ।
    • व्यापार व्यवसाय दर्ता गर्न अनिवार्य गर्दै नवीकरण गर्न प्रोत्साहन तथा विभिन्न किसिमका विचौलियाहरुलाई दुरुत्साहन गर्ने ।
    • दैनिक मुल्य अनुसारको कृषि उपजको विलविजक कृषकहरुलाई अनिवार्य जारी गर्नुपर्ने प्रकृया सञ्चालन गर्ने ।
    • गाउँपालिका भित्र व्यवसाय दर्ता गर्दा महिलाको नामवाट गरीएमा दर्ता शुल्कमा ५० प्रतिशत छुट लिइने छ ।
    • उद्योगीहरुलाई उद्योग खोल्न प्रोत्साहन गर्ने, सहजीकरण गर्ने र उचित वातावरण निर्माण गर्ने ।
    • पर्यटकीय क्षेत्र प्रवर्द्धनको लागि यस वर्ष सिद्धलेक ढेवालेक क्षेत्र तथा कुम्पुर टावर क्षेत्र प्रवर्द्धन गर्ने, त्रिशुली नदीमा ऱ्याफ्टिङ प्रवर्द्धन गर्ने, सम्भाव्य ठाँउमा भ्युटावरहरु निर्माण गर्ने तथा कुम्पुर भञ्ज्या ङ टावर पदमार्ग र सिद्धलेक पदमार्ग निर्माण तथा व्यवस्थित गर्ने ।
    • होमस्टे व्यवसाय सञ्चानलन गर्न पहिचानको आधारमा जनतालाई प्रोत्साहन तथा प्रवर्द्धन गर्दै यस वर्ष एउटा नमूना होमस्टे कार्यक्रम सञ्चापलन गर्ने ।
    •  विपद् व्यवस्थापनको लागि प्रत्येक वडामा वडाध्यक्षको संयोजकत्वमा स्काउट टिमको व्यवस्था गर्ने ।
    •  साना सिचाँई योजनाहरुलाई थप व्यवस्थित गर्ने ।

    पूर्वाधार विकास नीति
    सडक तर्फ

    • गाउँपालिकाको मुख्य ३ सडकलाई नमूना सडक घोषणा गरी स्तरउन्नती र कालोपत्रे गर्ने काम प्राथमिकतामा राख्ने ।
    •  विभिन्नर भौतिक संरचना र पूर्वाधारलाई राष्ट्रि य मापदण्ड अनुरुप निर्माणमा प्राथमिकता दिने ।
    • बस्ती र वडा जोड्ने सडकलाई प्राथमिकता दिने ।
    • यस आर्थिक बर्षको लागि सम्भव भएसम्म नयाँ सडक ट्रयाक खोल्ने कार्य सूचारु नगर्ने ।
    • वास्तविक कृषि र उत्पादन हुने क्षेत्रको पहिचान गरी सो क्षेत्रमा उत्पादित हुने वस्तुलाई नजिक बजारसम्म पुर्‍याउन तथा ढुवानी कार्य गर्न आवश्यक पर्ने कृषि सडक निर्माणमा जोड दिने ।
    •  सडक निर्माण कार्य गर्दा क्षति कम हुने र सुरक्षाको दृष्टिकोणले सवल ठाउँमा सडकहरु निर्माण गर्ने ।
    •  प्राथमिकता तथा आवश्यकताको आधारमा सडक, सामुदायिक भवन, सिंचाई, विद्यालय भवन, सार्वजनिक शौचालय, मठ मन्दिर, मरणघाट, स्वास्थ्य चौकी भवन, यात्रु प्रतिक्षालय, खेल ग्राउण्ड निर्माण, ग्रामिण विद्युत विस्तार, कृषि सामाग्री संकलन केन्द्र तथा पशु हाटबजार निर्माण, पोखरी निर्माण तथा चौतारा, धाराकुलो, खोलाकिनारा संरक्षण गर्ने ।

               भवन तथा बस्तीको विकास तर्फ

    • गाउँपालिकाको शहरोन्मुीख क्षेत्रमा भवन निर्माण आचार संहिता पूर्ण रुपमा पालना हुनेगरी भुकम्प प्रतिरोधात्मक भवन निर्माण कार्यलाई कडाईका साथ लागू गर्ने ।
    •  भवन निर्माण कार्यलाई व्यवस्थित गर्न आधारभूत भवन निर्माण मापदण्ड तयार गरी सोही अनुसार कार्यान्वयन गर्ने ।
    • यसअघि निर्माण भईसकेका भवनको हकमा दिईएको म्यादभित्र आवश्यक शुल्क लिई नक्सा अभिलेखिकरण गर्ने कार्यलाई आरम्भ गर्ने ।
    • गाउँपालिकाको कुनै स्थानमा ६० प्रतिशत वा सो भन्दा बढी जनताको माग भईआएमा व्यवस्थित बस्ती विकास वा ल्याण्डपुलिङको कार्यक्रम सञ्चालनमा जोड दिने ।

            खानेपानी तथा सरसफाई तर्फ

    • देशव्यापी एक घर एक धाराको राष्ट्रिय नीतिलाई यस गाउँपालिकाले पनि यस आ।व।को मुख्य खानेपानी नीतिको रुपमा लिई मूर्तरुप दिने ।
    • बुङचुङ लगायतको क्षेत्रमा अव्यवस्थित खानेपानीलाई व्यवस्थित गर्दै स्रोतको खोजी गर्नेगरी बुङचुङ एकीकृत खानेपानी आयोजनाको सम्भाव्यता अध्ययन गर्ने ।
    • गाउँपालिकामा रहेका विभिन्न खानेपानी श्रोतको पहिचान गरी संरक्षण र श्रोत व्यवस्थापनलाई प्राथमिकतामा राख्‍ने ।
    •  खानेपानी आयोजनाहरुको तत्काल गर्नुपर्ने मर्मत तथा सुधारमा जोड दिने ।
    •  यस गाउँपालिका केन्द्रको थोपल खोलामा अव्यवस्थित फोहोरमैलालाई व्यवस्थित गर्न डम्पिङ साईट निर्माणको अवधारणा ल्याई आवश्यक सम्भाव्यता अध्ययन गर्ने ।
    • ठूला खानेपानी आयोजनाको डि।पि।आर। गर्ने कार्यलाई प्राथमिकतामा राखिने ।
    •  डिप बोरिङ गर्ने कार्यले खानेपानी मुहानहरु सुक्ने र लोप हुनसक्ने तथ्यलाई मध्यनजर गर्दै लिफ्ट खानेपानी निर्माणमा जोड गर्ने ।
    • च्याडु क्षेत्रमा निलकण्ठ नगरपालिकाले फोहोर व्यवस्थापन गर्दै आएकोले त्यसले वातावरणीय असर गरेको हुँदा त्यसलाई हटाउन आवश्यक समन्वय र पहल कदमी लिने ।

             पर्यटन तर्फ

    • गाउँपालिकामा एक वडा एक रमणीय उद्यानको पूर्वाधारको निर्माण गर्ने नीति अनुरुप यस बर्ष पाईलट प्रोजेक्टको रुपमा ठाउँ पहिचान गरी एउटा सार्वजनिक इको पार्क निर्माणमा जोड दिने ।
    • सिद्धलेक, ढेवालेक  लगायत पर्यटकीय क्षेत्रहरुमा सेड निर्माण, खानेपानी लगायत पिकनिक स्थलको रुपमा पूर्वाधारहरु तयार गर्ने ।

             सिंचाई तर्फ

    • कोभिड– १९ को नकारात्मक असरको कारण उत्पन्न हुनसक्ने खाद्य संकटलाई मध्यनजर गर्दै साना सिंचाई तथा कुलो निर्माणमा प्राथमिकता दिने ।
    • सिंचाई खोलानाला, नदि, नहर जस्ता सिंचाई पूर्वाधार स्थलहरुको संरक्षण गर्ने नीति लिने ।
    • आवश्यक परेको ठाउँमा सोलारबाट लिफ्ट सिंचाई प्रविधिलाई प्रश्रय दिने ।

     पूर्वाधार मर्मत तथा सुधार तर्फ

    • गाउँपालिका स्तरीय योजनाको मर्मत सम्भार गर्न मर्मत सम्भार इकाईको स्थापना गर्ने र सोही इकाई मार्फत कार्य सम्पादन गर्ने नीति लिने ।

    अन्य

    • सडक पूर्वाधारले जोखिममा परेका घर वा बस्ती संरक्षण गर्ने कार्यलाई प्राथमिकतामा राखी आवश्यक परेको क्षेत्रमा भु–संरक्षणका उपायहरु अबलम्वन गर्दै बायो इन्जिनियरिङ प्रविधिबाट समाधानका उपायहरु खोज्ने ।
    • खोला, नदिले खेतीजन्य जमिनहरु कटान गरी उत्पादनमा ह्रास आउने हुँदा तटबन्धन निर्माण कार्यलाई तीव्रताका साथ अगाडि बढाउने ।

    कृषि, पशुसेवा, वातावरण तथा बिपद् व्यावस्थापन नीति

    • कृषि तथा पशुपन्छी पालनमा प्रयोग हुने आधुनिक कृषि यान्त्रिकरण व्यावसायिक कृषि योजनाको लागि मात्र प्रयोग हुने गरी कृषि यन्त्रषहरु खरिद गरी  आवश्यक मापदण्ड पुरा गरेर वितरण गर्ने ।
    • कृषि यान्त्रिकरणलाई दिगो र कम खर्चिलो वनाउन मर्मत सम्भारको उचित व्षवस्था गरिने छ ।
    • मौलिक खाद्यान्न्, फलफूल, तरकारी बालीहरु र पशुपन्छीपालन तथा मत्स्यपालनको उत्पादन र उत्पादकत्व प्रवर्द्धन गर्नको लागि बास्तविक किसान पहिचान गरी कृषकहरुलाई अनुदानको व्यवस्था गर्ने ।
    • सहकारीहरुको साझेदारीमा कृषि तथा पशुविमा कार्यक्रमलाई निरन्तरता दिइने छ ।
    • कृषि तथा पशुसेवा र व्यवसाय सम्वन्धी अनुदानहरु गाउँपालिकामा दर्ता भएका फर्महरुलाई मात्र दिने व्यवस्था मिलाई औपचारिक अर्थतन्त्रलाई प्रोत्साहन गरिनेछ ।
    • कृषि उत्पादनलाई आवश्यक पूर्वाधारहरु सडक, बिद्युत, सिंचाई,  शित भण्डार, संकलन तथा विक्री केन्द्रको  विकास गर्ने ।
    • कृषि उपजहरु संकलन तथा वजार प्रवर्द्बनमा सहुलियत दिन सवारी साधन खरिदमा सहकारी संस्थाहरुलाई अनुदान दिइने नीति लिइने छ ।
    • वातावरण प्रदुषण हुँदै जानु, खाद्यान्नि तरकारी फलफुल आदि रासायनिक विषादीको कारणले मानव जीवनमा असर गर्दै जानु र वातावरणलाई समेत नराम्रो प्रभाव पारेको हुँदा न्यूनिकरण गर्दै लैजानको लागि अर्गानिक खेतीलाई प्रोत्साहित गर्दै अर्गानिक कृषि बस्तुको समेत प्रमाणिकरण गर्ने र माटो परिक्षणको लागि माटोको गुणस्तर तथा हावापानी अनुकूल खेती गर्न कृषकहरुलाई प्रोत्साहित गर्ने ।
    • कृषकहरुले खेती गर्दै आएको तरकारी, फलफूल, खाद्यान्नल बाली र दूध उत्पादन गर्ने कृषकहरुलाई लागतका आधारमा उत्पादनको उचित मुल्य प्राप्त गर्ने गरी कृषि उपज बजारीकरणको प्रबन्ध गर्ने र कृषकहरुले बाली लगाउनु पूर्व कुन किसानले कति जग्गामा कुन बाली लगाएको छ त्यस बालीको लागतमा न्यूनतम समर्थन मूल्य तोकी कृषकहरुको बचत सुनिश्चिलत गर्ने र बजेटको लागि संघ र प्रदेश सरकार संग समन्वय गर्ने ।
    • व्यावसायिक कृषि क्षेत्रको आत्मनिर्भरतालाई कायम राख्दै अझ समृद्ध बनाउन वडा स्तरमा रहेका कृषि सहकारी, निजि क्षेत्र, बैंक तथा बित्तिय क्षेत्र र गैह्र सरकारी संस्थाहरुसँगको सहकार्यमा कार्यान्वयन हुने गरी एक पुनर्स्थापना कोष खडा गरी ूहाम्रो कृषि हाम्रो पौरखू भन्ने् नाराका साथ गाउँपालिका प्रमुख नवप्रवर्तन कृषि कार्यक्रम कार्यान्वयन गर्ने ।
    • पोषणयूक्त आहाराको उत्पादन र भौगोलिक क्षेत्र अनुसार पशुपन्छी पालन  ९गाई, भैँसी, बाख्रा¸ बंगुर र कुखुरा० गरी दूध, मासु तथा अण्डा उत्पादन बढाउने साथै प्रदेश सरकारको सहयोगमा पशु सुत्केरी भत्ता कार्यक्रम सञ्चानलन गर्ने ।
    • पशुजन्य उत्पादनको गुणस्तर नियन्त्रण तथा नियमन गर्न बजार व्यवस्थापनमा सहजीकरण गर्ने र पशु रोग बिरुद्ध खोप कार्यक्रमलाई अभियानको रुपमा सञ्चा लन गर्नुका साथै पशुबाट सर्ने रोगहरुको निदान, रोकथाम र नियन्त्रण गरी प्रत्येक वडामा कृषि तथा पशु सेवा पुर्याकउने ।
    • जलवायू परिबर्तन हुँदा रोगको प्रकोप एवं प्राकृतिक बिपद् बाट आउने जोखिम न्यूनिकरण गर्न बाली तथा पशु बिमाको विस्तार र जलवायू अनुकूलन कार्यक्रम सञ्चापलन गरी लगानी सुरक्षण गर्ने ।
    • बाँझो जग्गाको सदुपयोग ( उत्पाादनमा सहयोगू  भन्नो सोचाईका साथ बाँझिदै गएको खेतीयोग्य जमिनलाई कृषि  र पशुपालनको लागि उपयोगमा ल्याउन कृषक समुहर कृषि सहकारी सँग सहकार्य गरी  बाँझो जमिनको लगत संकलन गरी भूमी बैंकको स्थापना गर्ने । आवश्यक सहयोग गर्ने ।
    • हरेक वडामा कृषकहरुको चाहना, भौगोलिक बनोट र माटोको प्रकृति अनुसार उपयूक्त बाली र वस्तुको पहिचान गरी फलफूल, तरकारी, मसलाबाली, मौरीपालन र खाद्यान्नर बालीको व्यावसायिक पकेट क्षेत्र बनाउने ।
    • स्थानीय स्तरमा कृषकहरुको घर दैलोमा कृषि तथा पशु सेवा प्रसार पुर्यामउन एक वडा एक प्राविधिकको व्यवस्थापन गर्ने ।
    • पशुपालन क्षेत्रमा पशुपन्छी पालनका लागि हरेक वडामा  एक वडा एक उत्पादन पकेट क्षेत्रमा कृषि तथा पशुपन्छी उत्पादन कार्यक्रम सञ्चालन गर्ने   ।
    • खाद्यान्नक तरकारी तथा फलफूल र लोप हुँदै गएका स्थानीय रैथाने बालीको उत्पादन तथा रैथाने बालीको बीउ बैंक स्थापना गर्ने ।
    • पशु नश्ले सुधारका लागि प्राकृतिक गर्भाधान को लागि बोका तथा राँगा कृत्रिम गर्भाधान को लागि आवश्यक पर्ने उपकरण र सिमेन नाईट्रोजनको व्यवस्थापन गर्ने ।
    • यस आर्थिक बर्षदेखि प्रत्येक वडामा पशुपालनको लागी घाँसको श्रोत केन्द्र स्थापना गर्ने ।
    • सामुदायिक बनलाई सुदृढिकरण गर्न बन उपभोक्ता समिति र डिभिजन बन कार्यालय धादिङसँग समन्वय गरी बन बिविधिकरण तथा बृक्षारोपण कार्यक्रम मार्फत स्तरोन्नसति गर्ने ।
    • स्वच्छ टोल ( स्वच्छ गाउूँ अभियान अन्तर्गत हरित सडकको लागि सडक दायाँबायाँ बिभिन्न प्रजातीका बिरुवा बृक्षारोपण गर्ने ।
    •  पशुपन्छीमा लाग्नो रोग नियन्त्रण गर्न गाउँपालिका स्तरमा पशु स्वास्थ्य ल्किनिक सञ्चा्लन भएकोमा त्यसलाई निरन्तरता दिने ।
    • प्लाष्टिकजन्य फोहोर व्यवस्थापन गर्न प्रत्येक टोलमा डस्टविनको व्यवस्था गर्ने तथा जनचेतना अभिवृद्धि गर्ने ।
    • विपद्सँग लड्न सक्ने क्षमता विस्तार, विपद्मात चाहिने संपूर्ण पूर्व सुरक्षाको सामाग्रीहरुको सुनिश्चितता तथा विस्तार गर्दै विपद् पूर्वतयारी कोष वृद्धि गर्ने ।

    शिक्षा, युवा तथा खेलकुद नीति

    • सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न विगतका आ।व। हरुमा तय गरिएका सबै कार्यक्रमहरुलाई निरन्तरता दिँदै नयाँ थप गर्दै लैजाने ।
    • तहगत दरबन्दी कम भएका मा।वि। तथा आ।वि। हरुलाई विशेष अनुदानको व्यवस्था गर्ने ।
    • प्रविधि मैत्री शिक्षण प्रकृयामा जोड दिने ।
    • विषयगत शिक्षकको तालिमको व्यवस्था गर्ने, स्थानीय पाठ्यपुस्तक निर्माण, स्थानीय तह छात्रवृत्ति कार्यक्रम, दिवा खाजा कार्यक्रम सञ्चालन गर्ने ।
    • विद्यालय भवनको मर्मत सम्भार, विद्यालयमा खेलकुद सामाग्रीको व्यवस्थाका साथै विद्यार्थी भर्ना कार्यक्रम र अभिभावक सचेतना कार्यक्रम सञ्चारलन गर्ने ।
    • बालबालिकाहरुमा अन्तरनिहित प्रतिभाहरु प्रस्फुटन गराउनको लागि अतिरिक्त क्रियाकलाप, अन्तरक्रिया, खेलकुद र शैक्षिक प्रदर्शनी जस्ता कार्यक्रमहरुमा जोड दिने ।
    • अपाङ्गता भएका बालबालिकाहरुलाई पठनपाठनमा थप प्रोत्साहन गर्ने कार्यक्रमहरु तय गर्ने ।
    • उत्कृष्ट शिक्षक, विद्यार्थी र विद्यालयहरुलाई विशेष सम्मान सहित पुरस्कृत गरिने ।
    • विद्यालयहरुमा शैक्षिक व्यवस्थापन प्रणालीलाई चुस्त राख्न विशेष व्यवस्था गर्ने ।
    • न्यून तलब सुविधा भएका विद्यालय कर्मचारी र बाल शिक्षा सहयोगी कार्यकर्ताहरुलाई थप गरिदैँ आएको सुविधालाई निरन्तरता दिने ।
    • शिक्षकको पेशागत दक्षता वृद्धि गर्न शिक्षक तालिमलाई निरन्तरता दिइने ।
    • ५० बर्ष उमेर र २० बर्ष स्थायी सेवा अवधि पूरा भएका सामुदायिक विद्यालयका शिक्षकहरुले स्वैच्छिक अवकाश लिई व्यवसाय गर्न चाहेमा विशेष अनुदानको व्यवस्था गर्न पहल गर्ने ।
    • आधारभूत तहको सबै कक्षामा स्थानीय पाठ्यक्रम निर्माण र प्रयोग गर्ने ।
    • भौतिक पूर्वाधारको विकास कम भएका विद्यालयहरुलाई पूर्वाधार विकासमा जोड र पूर्वाधार विकास भईसकेका र विद्यार्थी संख्या मापदण्ड अनुसार भएका विद्यालयहरुमा कक्षा १२ संचालन तथा प्राविधिक शिक्षाको लागि माग भएमा विशेष व्यवस्था गर्ने ।
    • गा.पा.मा एक सुविधा सम्पन्ना खेलमैदान र प्रत्येक वडामा एक खेलमैदान निर्माणमा जोड दिने ।
    • खेलकुदको विकास गरी युवा पुस्तालाई खेलमा आकर्षित गराउन विशेष कार्यक्रमको तय गर्ने ।

    स्वास्थ्य तथा समाज कल्याण नीति
    स्वास्थ्य  :

    •   विद्यालय स्वाथ्य शिक्षा कार्यक्रमलाई निरन्तरता दिइने ।
    •  स्वास्थ्य सेवा प्रवर्द्धनको लागि समुदाय अभिमुखीकरण गर्दै जाने ।
    • पूर्णखोप दिगोपना कार्यक्रम सञ्चाालन गरिने ।
    •  स्वास्थ्य संस्था व्यवस्थापन समितिको क्षमता विकास गरिने ।
    •  मोवाइल स्वास्थ्य र ग्रामिण अल्ट्रासाउन्ड कार्यक्रम सञ्चोलन गरिने ।
    • स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीलाई सुदृढ वनाउने ।
    • महिला स्वास्थ्य स्वयंसेविका कार्यक्रम मार्फत समुदाय स्वास्थ्य कार्यक्रम सञ्चासलन गरिने ।
    • पालिका स्तरमा मासिक समीक्षा बैठक गर्ने ।
    • औषधीको उपलब्धता सुनिश्चिषत गरिने  ।
    • मानसिक स्वास्थ्य सम्बन्धी कार्यक्रमहरु सञ्चाालन गरिने ।
    • आमा सुरक्षा तथा सुत्केरी सहयोग कार्यक्रमलाई निरन्तरता दिईने  ।
    • धादिङ जिल्लाका सवै स्थानीय तहसँग मिलेर रक्त संचार कोष स्थापना गरी निःशुल्क रक्त सञ्चागर सेवा पुर्योउन पहल गर्ने ।
    • पूर्ण सरफाईको रणनीतिलाई कार्यान्वयन गर्दै फोहोरमैला व्यवस्थापन गर्न उयपयुक्त स्थानमा ल्यान्डफिल्ड साइड तयार गरिनेछ ।
    • सुरक्षित प्रसुति सेवालाई प्रोत्साहन गर्ने साथै सवै वर्गको नागरिकहरुलाई स्वास्थ्य संस्था सम्मको पहूँच सुनिश्चित गर्ने तथा गर्भवती र सुत्केरी महिलाहरुलाई दिइने सेवामा बढोत्तरी गर्ने ।
    •  सबै सुत्केरी महिलाहरुलाई पोषणको लागि कुखुराको भाले तथा अण्डा दिने र दलित सुत्केरी महिलाहरुलाई यातायात खर्च दिने कार्यक्रमको निरन्तरता गर्दै अपाङ्गता भएका व्यक्तिहरुलाई उनीहरुको जीवनयापनमा प्रत्यक्ष सहयोग गर्ने किसिमको सामाग्री प्रदान गर्ने र महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई प्रोत्साहन गर्ने

    कोभिड-१९ को रोकथाम तथा असर व्यवस्थापन :

    •  विदेशवाट फर्किएका नागरिकहरुको स्वास्थ्यलाई ख्याल गर्दै सुरक्षित राख्नर परामर्श दिई होम क्वाारेन्टिनमा राख्नेक र त्यहाँ रहँदै कोभिड(१९ का लक्षण देखा परेमा सो को व्यवस्थापन गाउँपालिकाले गर्ने ।
    • कोभिड-१९ वाट मृत्यु भएमा गाउँपालिकाले मृतकका परिवारलाई रु ५०,०००।- सम्म आर्थिक सहयोग    गर्ने नीति लिइने छ । साथै मृतक शरीरको विसर्जन गर्न आवश्यक नीति व्यवस्थित गरिनेछ ।
    • कोभिड-१९ का कारण वैदेशिक रोजगारवाट फर्किएका र स्वदेशमै पनि रोजगारी गुमाएका  व्यक्तिहरुका लागि रोजगारी सुरक्षा गर्न श्रममूलक पूर्वाधार विकास परियोजनाहरु छनौट गरी कार्यान्वय गरिने छ ।
    • कोभिड-१९ रोकथाम तथा असरलाई व्यवस्थित गर्न आवश्यक विपद् कोषलाई रकमको पर्याप्तक   व्यवस्था गरिनेछ ।

     महिला तर्फ :

    • महिला शसक्तिकरण तथा जीवनस्तर विकास कार्यक्रम ।
    • गाउँपालिका भित्रका सवै महिलाहरुलाई सहकारीमा आवद्धता गराउने ।
    • लैंगिक तथा घरेलु हिंसा विरुद्ध उपाध्यक्ष कार्यक्रम सञ्चागलन गरिने ।
    • किशोरीहरुको क्षमता विकासका लागि स्वास्थ्य तथा प्रजनन अधिकार सम्बन्धी कार्यक्रम ।
    • एकल महिलाहरुको आयआर्जनका लागि व्यवसायिक सीप विकास सम्बन्धी तालिम ।

    बालबालिका तर्फ :

    • बाल विकास तथा संरक्षण कार्यक्रम ।
    •  बाल क्लब गठन तथा सञ्चाषलन ।
    • अपाङ्ग बालबालिकाको अधिकार संरक्षण सम्बन्धी कार्यक्रम ।

    जेष्ठ नागरिक तर्फ :

    • जेष्ठ नागरिक सम्मान कार्यक्रम ।
    • जेष्ठ नागरिक पालन पोषण तथा स्नेमह कार्यक्रम ।

    दलित तथा जनजाति तर्फ :

    • दलित तथा जनजाति क्षमता विकास कार्यक्रम ।
    • जातीय विभेदको अन्त्यको लागि सचेतना कार्यक्रम ।
    • दलित तथा जनजातिहरुको आयआर्जन तथा जीवन स्तर सुधार कार्यक्रम ।

    अपाङ्ता तर्फ:

    • अपाङ्तामैत्री वातावरण तथा पूर्वाधार निर्माण सम्बन्धी कार्यक्रम ।
    • अपाङ्ता भएका व्यक्तिको उचित हेरचाह र संरक्षण सम्बन्धी कार्यक्रम ।
    • अपाङ्हरुको आयआर्जन तथा जीवनस्तर सुधार कार्यक्रम ।

    सार्वजनिक सेवा तथा क्षमता विकास नीति :

    •  यस गाउँपालिकालाई आवश्यक पर्ने सांगठनिक संरचना अन्तर्गतको स्वीकृत दरवन्दी अनुसार कर्मचारी व्यवस्थापन गर्ने ।
    • स्थानीय कर्मचारीहरुको अवकास कोषको रुपमा कर्मचारी कल्याणकोषको व्यवस्था गर्न र उक्त कोष सञ्चागलनको लागि स्थानीय  सरकार संचालन ऐन २०७४ को दफा १०२ को व्यवस्था अनुसार कर्मचारी कल्याणकोष कार्यविधि बनाउने ।
    •  यस गाउँपालिकाको कार्यालयमा कार्यरत अस्थायी तथा करार सेवामा कार्यरत कर्मचारीहरुलाई आवश्यकताको आधारमा निरन्तरता दिइने  ।
    • संगठन संरचनामा दरवन्दी हेरफेर वा मिलान गर्नु पर्ने अवस्थामा हाल संघीय, प्रादेशिक कर्मचारी सम्वन्धीका ऐन नियमावलीजस्ता कानून तयार भै नआएको अवस्थामा परिमार्जित संगठन संरचना व्यवस्थित गर्न  गाउँसभाबाट नीति तर्जुमा गरी सोही अनुसारको कर्मचारी संगठन संरचना स्वीकृतको लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रलायमा लेखि पठाउने ।
    • यस गाउँपालिका अन्तर्गत कार्यरत सबै तह र सेवाका कर्मचारीहरुको क्षमता विकासको लागि विशेषज्ञहरुबाट तालिम दिई आवश्यक सीप विकासको व्यवस्थापन गर्ने ।
    • गाउँपालिका तथा वडा कार्यालयहरुबाट दक्षतापूर्वक सेवाग्राहीहरुलाई सेवा प्रवाहका लागि क्षमता विकाससँग सम्वन्धित कार्यालयगत साधनहरुको उपलव्ध गराउने ।
    • सीपयुक्त जनशक्ति निर्माण गरी गाउँपालिकाको विविध क्षेत्रहरुमा विषयगत क्षेत्रका प्राविधिक सहयोग उपलव्ध गराई समुदाय स्तरमा सेवा प्रवाहमा विकास गर्ने ।
    • आगामी आ.व देखि मासिक रुपमा आन्तरिक लेखा परीक्षण शाखावाट लेखा परीक्षण गर्ने तथा पूर्व लेखा परीक्षणको अभ्यास गरिनेछ ।

    विविध :

    • यस गाउँपालिकाको रोजगार सेवा केन्द्रमा रहेको रोजगार व्यवस्थापन सुचना प्रणालीलाई थप विकसित गर्दै श्रमबजारमा रहेका सीप र क्षमताको सदुपयोग गर्न सहज हुने गरी उनीहरुको व्यक्तिगत विवरण रहेको श्रम सूचना बैंक स्थापना गर्ने ।
    • रोजगार सेवा केन्द्रले रोजगारदाता र रोजगारीको खोजिमा रहेकाहरु बीच सम्पर्क स्थापित गरी रोजगार प्राप्तिहमा सहयोग गर्ने ।
    • प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगतका रोजगारमुलक आयोजनाहरु संचालन गरी वढ्दो बेरोजगारीको समस्यालाई न्युनिकरण गर्न पहल गर्ने  ।
    • राष्ट्रिय परिचयपत्र तथा पञ्जिेकरण विभाग अन्तर्गत संचालित सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढिकरण गर्न आवश्यक पर्ने कार्यक्रमहरु संचालन गर्ने ।
    • गाउँपालिकाद्बारा पहिला वनाइएका ऐनहरु समय सापेक्ष वनाउन र संघ तथा प्रदेशले वनाएको कानुनसंग नवाझिने गरी आवश्यक संसोधन गरिने ।
    • न्युनतम श्रम मुल्य लागु गर्ने तथा ज्यालामा एकरुपता कायम गर्ने ।
    • स्वरोजगारलाई प्रोत्साहन गर्ने तथा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत रोजगारीका थप अवसर सृजना गर्ने
    • आ.व २०७६/०७७ मा गाउँपालिकाका सवै वडालाई समेट्ने गरी मेलमिलापकर्ताको तालिम दिन वजेट विनियोजन भएकोमा कोभिढ-१९ को कारण सो तालिम सम्पन्नन गर्न नसकिएकोले आगामी आ।व। मा सम्पन्नट गर्ने ।

    अन्त्यमा माथि उल्लिखित नीति तथा कार्यक्रमहरुको कार्यान्वयन गर्न वजेट विनियोजन गरी कार्यक्रम संचालन गरिनेछ । यि नीति तथा कार्यक्रमको लागि बजेट यस सभाको अर्को सत्रमा प्रस्तुत गरिने छ । यस नीति तथा कार्यक्रम तर्जुमा गर्न सहयोग गर्नुहुने सवै मानुभावहरुलाई धन्यवाद दिन चाहन्छु । साथै हाम्रो निमन्त्रणालाई स्विकार गरी पाल्नु हुने प्रमुख अतिथि जिल्ला समन्वय समिति धादिङका प्रमुख ज्यू, राजनीतिक दलका प्रमुख एंव प्रतिनिधि ज्यूहरु, विकास साझेदार संस्थाहरु निर्वाचित जनप्रतिनिधि साथिहरु र सम्पूर्ण गाउँपालिका वासीहरु, कर्मचारी मित्रहरुमा धन्यवाद एंव आभार व्यक्त गर्दछु ।
    प्रस्ताव नं.२ सिद्धलेक गाउँपालिकाका ऐन नियम निर्देशिकाहरु संघीय प्रदेश कानुन अनुकुल वनाउन आवश्यक संशोधन सहितका १६ वटा कानुनहरु सभामा छलफलका लागि प्रस्तुत गर्दछु ।
    प्रस्ताव नं.३ माथि उल्लिखित नीतिहरु कार्यान्वयनको लागि आगामी आ।व मा तपशिल वमोजिमको आय अनुमान पेश गरेको छु ।
    रकम रु हजारमा
    गाउँपालिकाको नामः- सिद्धलेक गाउँपालिका, धादिङ ।
    सभामा वजेट पेश हुने मितिः-२०७७/०७र१० मा छलफल गर्ने
    विशेष र समपुरक अनुदान, संघ, प्रदेश    आन्तरिक ऋण ,   कुल बजेट क देखि च सम्मको जोड   खर्च प्रस्ताव
    जम्मा  – ५४४३५२.२८७/-
    प्रस्ताव नं.४ गाउँसभा सम्वन्धमा ।
    गाउँसभा सञ्चालन तथा व्यवस्थापन कार्यविधि सम्वन्धमा व्यवस्था गर्न वनेको नियमावली २०७४ को परिच्छेद २ को दफा ६ को उपदफा ३ अनुसार मिति २०७७/०३/२४ गते विहान १० बजे सम्म बैठक स्थगन गर्दछु र सोही दफाको उपदफा ३ अनुसार २०७७/०३/२४ गते बिहान १०  वजे बैठक संचालन हुने घोषणा गर्दछु ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    लापा माध्यमिक विद्यालयमा रेडक्रस सोसाइटी युवा सरकल गठन – अध्यक्षमा जोयल तामाङ चयन

    सुगर फ्री खाद्यबस्तुले मानव स्वास्थ्यका लागि खतरनाक हुन सक्ने डब्ल्यूएचओको चेतावनी

    जिल्ला प्रशासन कार्यालय धादिङले सेवाग्राहीलाई झन्झटबाट सहज बनाउन नयाँ सेवा सुचारु

    नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई तेस्रो मुलुकमा पठाउने गिरोहलाई कार्वाही गर्न सिडियोलाई ज्ञापनपत्र

    जिल्ला प्रशासन कार्यालय धादिङमा नसर्ने रोगहरुको स्क्रिनिङ सहित निशुल्क स्वास्थ्य शिविर सम्पन्न

    धादिङको धुनिवेशी नगरपालिका ६ मा सर्वपक्षीय अन्तरक्रिया कार्यक्रम सम्पन

    धादिङको खनियाबास गाउँपालिकाले स्थानीय पालिकाबाटै श्रमस्वीकृति दिने

    गोरखाको आरुघाट गाउँपालिका वडा नम्बर १० का अध्यक्षले घरघरमा सेवा दिदै

    खेलक्षेत्रको बिकास संबृद्धिमा ध्यान केन्द्रित छःमुख्यमन्त्री जम्कटेल

    नेकपा माओवादी केन्द्र धादिङको विस्तारित वैठक तथा जनप्रतिनिधी अभिमुखीकरण कार्यक्रम सम्पन्न

    नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्थाको नवौँ साधारणसभा सम्पन्नः८ करोड ८० लाख बराबरको बोनश शेयर वितरण गर्ने

    जलवायु परिवर्तनको प्रभाव परम्परागत ज्ञानको महत्व र सामुदायिक रेडियोको भुमिकाबारे कार्यशाला गोष्ठी सम्पन्न
    • ताजा
    • चर्चित
    • सुचना
  • १

    लापा माध्यमिक विद्यालयमा रेडक्रस सोसाइटी युवा सरकल गठन – अध्यक्षमा जोयल तामाङ चयन

  • २

    सुगर फ्री खाद्यबस्तुले मानव स्वास्थ्यका लागि खतरनाक हुन सक्ने डब्ल्यूएचओको चेतावनी

  • ३

    जिल्ला प्रशासन कार्यालय धादिङले सेवाग्राहीलाई झन्झटबाट सहज बनाउन नयाँ सेवा सुचारु

  • ४

    नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई तेस्रो मुलुकमा पठाउने गिरोहलाई कार्वाही गर्न सिडियोलाई ज्ञापनपत्र

  • ५

    जिल्ला प्रशासन कार्यालय धादिङमा नसर्ने रोगहरुको स्क्रिनिङ सहित निशुल्क स्वास्थ्य शिविर सम्पन्न

  • ६

    धादिङको धुनिवेशी नगरपालिका ६ मा सर्वपक्षीय अन्तरक्रिया कार्यक्रम सम्पन

  • ७

    धादिङको खनियाबास गाउँपालिकाले स्थानीय पालिकाबाटै श्रमस्वीकृति दिने

  • ८

    गोरखाको आरुघाट गाउँपालिका वडा नम्बर १० का अध्यक्षले घरघरमा सेवा दिदै

  • ९

    खेलक्षेत्रको बिकास संबृद्धिमा ध्यान केन्द्रित छःमुख्यमन्त्री जम्कटेल

  • १०

    नेकपा माओवादी केन्द्र धादिङको विस्तारित वैठक तथा जनप्रतिनिधी अभिमुखीकरण कार्यक्रम सम्पन्न

  • ११

    नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्थाको नवौँ साधारणसभा सम्पन्नः८ करोड ८० लाख बराबरको बोनश शेयर वितरण गर्ने

  • १२

    जलवायु परिवर्तनको प्रभाव परम्परागत ज्ञानको महत्व र सामुदायिक रेडियोको भुमिकाबारे कार्यशाला गोष्ठी सम्पन्न

  • १३

    खनियावासमा प्रथम अहिँसावादी कप खुल्ला पालिका स्तरिय पुरुष फुटबल प्रतियोगिताका सम्पन्न

  • १४

    खनियावासमा प्रथम अहिँसावादी कप खुल्ला पालिका स्तरिय पुरुष फुटबल प्रतियोगिताका सम्पन्न

  • १५

    नुवाकोटमा सञ्चालन अन्तरपालिका स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधी धादिङको सिद्धलेकलाई

  • १

    खेलक्षेत्रको बिकास संबृद्धिमा ध्यान केन्द्रित छःमुख्यमन्त्री जम्कटेल

  • २

    नेकपा माओवादी केन्द्र धादिङको विस्तारित वैठक तथा जनप्रतिनिधी अभिमुखीकरण कार्यक्रम सम्पन्न

  • ३

    नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्थाको नवौँ साधारणसभा सम्पन्नः८ करोड ८० लाख बराबरको बोनश शेयर वितरण गर्ने

  • ४

    जलवायु परिवर्तनको प्रभाव परम्परागत ज्ञानको महत्व र सामुदायिक रेडियोको भुमिकाबारे कार्यशाला गोष्ठी सम्पन्न

  • ५

    खनियावासमा प्रथम अहिँसावादी कप खुल्ला पालिका स्तरिय पुरुष फुटबल प्रतियोगिताका सम्पन्न

  • ६

    खनियावासमा प्रथम अहिँसावादी कप खुल्ला पालिका स्तरिय पुरुष फुटबल प्रतियोगिताका सम्पन्न

  • ७

    नुवाकोटमा सञ्चालन अन्तरपालिका स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधी धादिङको सिद्धलेकलाई

  • ८

    नेकपा माओवादी केन्द्र नेत्रावती डब्जोङ गाउँपालिकामा जनसम्बन्ध विस्तार कार्यक्रम सम्पन्न

  • हाम्रो समाज
    थप

    लापा माध्यमिक विद्यालयमा रेडक्रस सोसाइटी युवा सरकल गठन – अध्यक्षमा जोयल तामाङ चयन

    धादिङको धुनिवेशी नगरपालिका ६ मा सर्वपक्षीय अन्तरक्रिया कार्यक्रम सम्पन

    गोरखाको आरुघाट गाउँपालिका वडा नम्बर १० का अध्यक्षले घरघरमा सेवा दिदै

    खेलक्षेत्रको बिकास संबृद्धिमा ध्यान केन्द्रित छःमुख्यमन्त्री जम्कटेल

    नेकपा माओवादी केन्द्र धादिङको विस्तारित वैठक तथा जनप्रतिनिधी अभिमुखीकरण कार्यक्रम सम्पन्न

    नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्थाको नवौँ साधारणसभा सम्पन्नः८ करोड ८० लाख बराबरको बोनश शेयर वितरण गर्ने

    जलवायु परिवर्तनको प्रभाव परम्परागत ज्ञानको महत्व र सामुदायिक रेडियोको भुमिकाबारे कार्यशाला गोष्ठी सम्पन्न

    हाम्रो टिम

    प्रकाशक

    सहिद स्मृति सञ्चार सहकारी संस्था लिमिटेड

    प्रधान सम्पादक

    निर बहादुर तामाङ

    न्युज डेस्क

    सुस्मिता श्रेष्ठ
    सबिना तामाङ

    बिशेष सल्लाहकार

    जगत सिंखडा
    मनराज भण्डारी
    कमल सापकोटा
    सुदर्शन खतिवडा

    बजार प्रतिनिधि

    श्री कृष्ण रिजाल (९८६३२०९६५२)

    सम्पर्क

    सहिद स्मृति सञ्चार सहकारी संस्था लिमिटेड
    नीलकण्ठ–३, धादिङ
    फोन : 0१०५२०२६७
    मोबाइल : ९८६१७९९०९८

    इमेल

    radiobihani@gmail.com
    news.radiobihani@gmail

    दर्ता नं. – एफएम ३६६/०६५/६६

    सामाजीक संजाल

    • Home
    • Staff Profile
    • अभिनेत्री एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश
    • खोज
    • गोपनियता
    • बिज्ञापन
    • सम्पर्क
    © 2023 - Radio Bihani मा सार्बधिक सुरक्षित छ | Designed by: GOJI Solution
    ↑