धादिङ २० असोज
नीलकण्ठ १४ धुवाँकोट असोवनमा रहेको टासि छोलिङ गुम्बामा मुर्ति प्रतिस्थापन कार्यक्रम सम्पन्न भएको छ ।
निलकण्ठ १४ का वडा अध्यक्ष नवराज दुवाडीको प्रमुख आतित्थ्यता, वडा सदस्य कमला तामाङको विशेष आतिथ्य्ता र पुर्व गा.वि.स अध्यक्ष अब्जनाथ सापकोटा लगाएत विभिन्न पार्टीका प्रतिनिधिहरुको उपस्थितीमा मुर्ति प्रतिस्थापन गरिएको हो ।
उक्त कार्यक्रममा १४ जना भिक्षु गुरुहरुबाट शान्ति दिप प्रज्वलन गरी, कोटिहोम सहित तिन वडा मुर्तिमा शक्ति पिठमा त्रिरत्न मुर्ति प्रतिस्थापन गरिएको टासि छोलिङ गुम्बा समितिका अध्यक्ष दल बहादुर तामाङले जानकारी दिनुभयो ।
उक्त गुम्बामा मुर्ति प्रतिस्थापनको लागि समुदायबाट आर्थिक संकलन गरी नगद ३ लाख ७० हजारमा मुर्ति खरीद गरिएको आर्थिक संयोजक शुक्राम तामाङले जानकारी दिनुभयो ।
उक्त गुम्बामा बौद्धिक धर्म अनुसारको पुजा बिधि र कार्य हुने छ ।
प्रतिक्रिया दिनुहोस