धादिङ/बैशाख/१५
त्रिपुरासुन्दरी गाउँपालिका सल्यानटार प्राथमिक स्वास्थ्यकेन्द्रमा आइतबारबाट २ दिने निशुल्क दन्त शिविर सुरु भएको छ । त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष सम्भुकुमार थापाले उद्घाटन गनुभएको उक्त शिविरमा ९३ जना दाँतका बिरामीहरुले सेवा लिएका छन् । गाउँपालिका भित्रका नागरिकहरुलाई दाँतको समस्याबाट मुक्त गर्नका लागि शिविरको आयोजना गरिएको र यस्ता स्वास्थ्य शिविरहरु आगामी दिनहरुमा पनि आयोजना गरिने गाउँपालिकाका स्वास्थ्य संयोजक एम बहादुर श्रेष्ठले बताउनु भयो । दन्त शिविर भोलि सोमबार पनि जारी रहने छ ।
प्रतिक्रिया दिनुहोस