धादिङ २५ असार
धादिङ जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा पुनः प्रताप सिं तामाङ नियुक्त हुनुभएको छ ।
बागमती प्रदेश खेलकुद विकास समितिले तामाङलाई तेस्रो पटकको लागि अध्यक्षमा नियुक्त गरेको हो ।
वि.स.२०७६ सालदेखी धादिङ जिल्ला खेलकुद विकास समितिको अध्यक्ष प्रताप सिं तामाङ निरन्तर रहदै आउनुभएको छ । जिल्ला अध्यक्ष हुँदा समितिको भवन निर्माण सँगै जिल्लामा खेलकुदको गतिविधि बढाएका तामाङ आफै पनि खेलाडी रहनुभएको छ । प्रदेश स्तरीय प्रतियोगतामा राम्रो नतिजा दिन सफल भएका तामाङले जिल्लाको खेलकुद क्षेत्रलाई चलायमान बनाउनु भएको छ ।
तामाङले आगामी कार्यकालमा पनि जिल्लाको खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो । बागमती प्रदेश खेलकुद विकास समितिले धादिङ सहित ६ वटा जिल्लामा खेलकुद विकास समितिको अध्यक्ष नियुक्त गरेको हो ।
समितिले साढे ३ महिनादेखि रिक्त रहेको १३ वटा जिल्ला खेलकुद विकास समितिमध्ये मकवानपुर, धादिङ, काभ्रे, सिन्धुली, काठमाडौं र सिन्धुपाल्चोक गरी ६ वटामा अध्यक्ष २० असारमा नियुक्त गरेको हो ।
चितवन, नुवाकोट, रसुवा, ललितपुर, भक्तपुर, दोलखा र रामेछाप जिल्लामा अध्यक्ष नियुक्त गरिएको छैन ।
प्रतिक्रिया दिनुहोस