धादिङ १० असार
ने.क.पा माओवादी निकट संगठन सहकारी केन्द्र नेपाल धादिङको प्रथम जिल्ला भेला सम्पन्न भएको छ ।
सोमबार एक कार्यक्रमको आयोजना गरि केन्द्रका अध्यक्ष रुद्र बहादुर खत्रीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा, पार्टी केन्द्रिय एवंम संविधान सभा सदस्य पुष्प विक्रम मल्लको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै बिष्णु हरी ढकाल र माधव प्रसाद तिमल्सिना र नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक तथा सहिद स्मृति सञ्चार सहकारी संस्था लिमिटेडका अध्यक्ष मनराज भण्डारी (शैलेस)को विशेष आतिथ्यता रहेको हो ।
उक्त सम्मेलनबाट रुद्र बहादुर खत्री(रामशरण)को अध्यक्षतामा एक जना पछि मनोनित गर्ने गरी १२ सदस्यीय समिती गठन गरिएको छ । जसको उपाध्यक्षमा भगवती अधिकारी, सचिव चन्द्र बहादुर लम्साल, कोषाध्यक्ष गीता अधिकारी, सहसचिव राजन उप्रेती चयन छन् ।
त्यस्तै कार्यक्रमका प्रमुख अतिथि पार्टी केन्द्रिय एवंम संविधान सभा सदस्य पुष्प विक्रम मल्लले जनता संग माओवादी अभियानलाई व्यवस्थित ढंगले अगाडी बढाउनुपर्ने बताउनुभयो ।
त्यस्तै नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक भण्डारीले सहकारी, कृषि, उपभोक्ता समिति, आमा समुहमा माओवादी पार्टीले सक्रिय ढंगबाट नेतृत्व लिनुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस