धादिङ ६ असार
धादिङको गङ्गाजमुना गाउँपालिकामा सहिद तथा वेपत्ता परिवारलाई क्षमता बिकास तालिम प्रदान गरिएको छ ।
विहीबार गाउँपालिकाले एकदिवसीय कार्यक्रमको आयोजना गरि गाउँपालिका भित्र रहेका सहिद तथा वेपत्ता परिवारलाई उद्यमशिलता तालिम प्रदान गर्दै मौरीको घार वितरण गरिएको गंगाजमुना गाउँपालिका उपाध्यक्ष रामेश्वर सिंखडाले रेडियो बिहानीलाई बताउनुभयो ।
त्यस्तै पालिकाका प्रवक्ता एवम् वडा नम्बर ५ का वडा अध्यक्ष कुमार बहादुर अधिकारीले महान जनयुद्ध जनआन्दोलन त्यसपश्चात प्राप्त उपलब्धि हासिल गर्न महान सहिदले निर्वाह गरेको भूमिका प्रति उच्च सम्मान स्वरुप गाउँपालिकाले सहिद तथा वेपत्ता परिवारलाई उद्यमशिलता तालिम प्रदान गरेको बताउनुभयो ।
गाउँपालिकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिनेपनि स्पष्ट पार्नुभयो । उक्त तालिमामा सहिद परिवारको तर्फबाट १० जना र २ जना वेपत्ता परिवारको तर्फबाट सहभागी रहका थिए । तालिम पछि सहभागि सबैलाई मौरी सहित २ घार र मौरी नभएको खाली घार १ गरी प्रति परिवार ३ घार प्रदान गरिएको थियो ।
उक्त कार्यक्रममा गाउँपालिका अध्यक्ष भक्त लामा उपाध्यक्ष रामेश्वर सिंखडा प्रमुख प्रशासकीय अधिकृत गाउँपालिका प्रवक्ता,जनप्रतिनिधी,स्थानीय सहिद परिवार लगायतको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया दिनुहोस