धादिङ २ जेठ
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर –१४ धुवाँकोटमा ३ दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ ।
धुवाँकोट सामुदायिक सिकाइ केन्द्रको आयोजनामा जेष्ठ ३१ गतेबाट सुरु भएको ३ दिने बेमौसमी तरकारी खेती क्षमता अभिवृद्धि तालिमको आज समापन भएको हो ।
धुवाँकोट सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष सुमन अधिकारी को सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा नीलकण्ठ नगरपालिका वडा नं. १४ का वडा अध्यक्ष नमराज दुवाडिको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै महिला वडा सदस्य नीलकण्ठ नगरपालिका न्यायिक सदस्य कमला तामाङको विशेष आतिथ्यता र शुभ तारा सानाकिसान कृषि सहकारी सस्थाका अध्यक्ष शिव कुमार श्रेष्ठ, सरस्वती माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खड्ग बहादुर तामाङ, धुवाँकोट समाज सेवी कृष्ण प्रसाद श्रेष्ठ लगायत विभिन्न सङ्घ सस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि नमराज दुवाडिले कृषिलाई प्रविधि मैत्री र कृषकलाई व्यवसायिक बनाउन वडाको उत्पादन र पहिचानको लागि कृषक सक्रिय हुन पर्ने बताउनु भयो । उहाँले वडाबाट गर्न पर्ने सहयोग गर्दै अनुदानका सामग्रीको लागि कृषि समुह दर्ता गरेर संस्थागत माग गर्न पर्ने बताउनु भएको छ ।
कार्यक्रमका विशेष अतिथि कमला तामाङले कृषि क्षेत्रमा व्यवसायिक ढङ्गबाट अघि बढ्न आवश्यक तालिम प्रविधि र उपयुक्त मल खाद साथै महिला दिदि बहिनीले निर्वाहमुखी खेतिमा भन्दा व्यवसायिक खेतिमा लाग्न र महिलाको आय आर्जन अवस्था सुधार गर्न यस्ता कार्यक्रमले टेवापुग्ने बताउनु भयो ।
आज समापन भएको कार्यक्रममा धुवाँकोट सामुदायिक सिकाइ केन्द्रद्वारा गठन भएका ८ वटा महिला आय अर्जन कृषि समुहका ४० जना महिलाहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस