धादिङ ३० जेठ
धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष सुवास अधिकारीले गाउँपालिका कार्यपालिकाले बहुमत सहभागीद्वारा पास गरिएको विभिन्न निर्णयको प्रति च्यात्तिदिएको छ ।
बुधबार गाउँपालिका प्रवक्ता कुश बहादुर सिटौलाद्वारा विज्ञप्ति जारी गरि जनप्रतिनिधी भएर पदीय दुरुपयोग गरेको प्रति खेद प्रकट गरिएको छ ।
२०८१ साल जेठ २९ गते गरेको कार्यपालिकाको बैठकको निर्णय र जेठ २५ गते बसेको गाउँ शिक्षा समितिको बैठकको निर्णय आक्रोसमा हेर्ने वाहनामा च्यात्तिदिएको गाउँपालिकाले जनाएको छ ।
वडा अध्यक्ष सुवास अधिकारीलाई आफ्नो पदीय मर्यादा ख्याल गर्न पालिकाले आग्रह समेत गरेको छ ।
बहुमतले स्वीकृत गरि पास गरिएको विज्ञप्ति हेर्ने वाहनामा पदीय मर्यादा ख्याल नगरी अभद्र ब्यवहार गरेकोमा वडा अध्यक्ष अधिकारीको यत्तिबेला चौतर्फी विरोध भैरहेको छ ।
प्रतिक्रिया दिनुहोस