धादिङ कार्तिक २९
स्कुटर चोरी गरी विक्रि वितरण गरेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय धादिङले ४ जना अभियुक्तहरुलाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडाँै महानगरपालिका वडा नं. १२ का १५ बर्षीय रोहन महर्जन, जुम्ला आचार्यबाडा गाउँपालिका वडा नं. १५ घर भई हाल काठमाडाँै महानगरपालिका वडा नं. १२ टेकु बस्ने २९ बर्षीय रमेश शाही, काठमाडाँै महानगरपालिका वडा नं १४ खसीबजारका १५ बर्षीय सबिन शाक्य र धादिङ धुनिबेसी नगरपालिका वडा नं. ५ पुरन्डीका ४० बर्षीय कुमार रेग्मी रहेका छन् । स्कुटर चोरी गरेका ३ जनालाई पक्राउपछि सोधपुछ गर्दा सोही ठाउँका कुमार रेग्मीलाई २ वटा स्कुटर बेचेको भन्ने सूचनाका आधारमा नीजको घरमै गइ प्रहरीले स्कुटर सहित कुमार रेग्मीलाई पक्राउ गरेको हो । उनीहरुले हाल बा. ५१ प.९१०६ नम्बरको होण्डा कम्पनीको कालो रङको स्कुटर, बा.८२ प.६०७१ नम्बरको होण्डा कम्पनीको रातो रङको स्कुटर, बा.६७ प.५८८९ नम्बरको होण्डा कम्पनीको कलेजी रङको स्कुटर, र बा.५५प.२०८४ नम्बरको होण्डा कम्पनीको कालो रङको स्कुटर चोरी गरेका थिए । स्कुटर चोरी गर्ने ३ जना र किन्ने कुमार रेग्मी सहित ४ वटा स्कुटर जिल्ला प्रहरी कार्यालय धादिङको नियन्त्रणमा राखी थप अनुसन्धान अगाडि बढाएको प्रहरी प्रवक्ता रुपक खड्काले शुक्रबार पत्रकार सम्मेलन मार्फत जानकारी गराउनु भयो ।
प्रतिक्रिया दिनुहोस