धादिङ ५ फागुन
धादिङको गंगाजमुना गाउँपालिका वडा नम्बर १ रि को इवि टोलमा पहिरो प्रभावितलाई निर्माण सामाग्री हस्तान्तरण गरिएको छ ।
असल छिमेकी नेपाल सीमपानी वगर १ पोखराले २०७९ सालमा गएको पहिरोबाट प्रभावित वडा न १ धादिङ्ग इवि टोलका १५ परिवारलाई प्रकोप पुर्नस्थापन सहयोग परियोजना दोस्रो चरण अन्र्तगत अस्थाइ आवास निर्माणको लागि जस्ता पाता तथा काँटी गत फागुन १ गते वितरण गरेको छ । प्रति परिवार ३ बन्डल ९ फिट लामो रङगीन जस्ता र २ केजी काँटी उपलब्ध गराएको हो ।
सोही वडामा रहेको शितलादेवी आधारभूत विद्यालयमा शौचालय पुनर्निर्माण गर्न निर्माण सामाग्री सहयोगको लागि वडा, विद्यालय व्यवस्थापन समिति र असल छिमेकी नेपाल वीचमा त्रिपक्षिय सम्झौता पनि सम्पन्न भएको छ ।
असल छिमेकी नेपालको आयोजना, गगांजमुना गाउापालिकाको समन्वय तथा वडा न. १ को सहजीकरणमा सम्पन्न भएको सो कार्यक्रमको सञ्चालन परियेजना प्रमुख सुमन वयलकोटीले गर्नुभएको थियो भने परियोजना सुपरीवेक्षक प्रकाश परियारले असल छिमेकी नेपालको बारेमा जानकारी दिनुभएको थियो ।
लाभान्ति समुदायको तर्फबाट सलमन तामाङ्गले पहिरो प्रभावित भएर पनि अहिले सम्म कुनैपनि राहत नपाएको अबस्थामा संस्थाबाट पाएको सामानले अस्थाई आवासको लागि सहयोग पुग्ने जानकारी गराउदै संस्थालाई आभार व्यक्त गर्नुभयो ।
वडा न. १ का अध्यक्ष बहादुर तामाङ्गले असल छिमेकी नेपाल विपत प्रभावित तथा आवाज विहीनहरु साथी भएको बताउदै सहगोगको लागि धन्याद व्यक्त गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस