धादिङ २१ माघ
पत्रकार अर्जुन कुमार श्रेष्ठ र चिनो सारु मगर माथी भएको दुर्व्यवहारको घटनाप्रति नेपाल पत्रकार महासँघ जिल्ला शाखा धादिङले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
महासँघको जिल्ला शाखाका कार्यसमिति सदस्य एवम् नयाँ पत्रिका दैनिक र रेडियो धादिङका सम्वादाता श्रेष्ठ र पाविल न्युज डट कमका सँवाददाता सारुलाई नेकपा एमाले जिल्ला कमिटि धादिङको नवौं जिल्ला अधिवेशनको समाचार संकलन गर्ने क्रममा केहि व्यक्तिहरुबाट अपशव्द बोली, गालीगलौज तथा दुर्व्यवहार गरेको घटनाप्रति महासंघले गम्भिर ध्यानाकर्षण भएको जनाएको हो ।
महासंघको जिल्ला शाखाका अध्यक्ष राजाराम शर्माद्धारा जारी विज्ञप्तीमा नागरिकलाई सूचनाको हक प्रत्याभूत गर्न समाचार संकलन गर्ने र प्रकाशन÷प्रशारण गर्ने कार्यमा कसैले पनि पत्रकारलाई रोक लगाउनु, अभद्र व्यवहार तथा गालिगलौज गर्नु कुनै पनि प्रकारले क्षम्य नभएको बताईएको छ ।
विज्ञप्तीमा भनिएको छ, “प्रकाशित÷प्रसारित समाचारमा चित्त नबुझे वा गुनासो भए त्यस उपर कानूनी प्रक्रियामा जान सकिने प्रावधान हुँदा हुँदै चरित्र हत्या हुने र आत्मसम्मानमा चोट पुग्ने किसिमले गाली गलौज गर्नु प्रेस स्वतन्त्रता विरोधी कार्य हो । पत्रकारलाई पेशाप्रति हतोत्साहि बनाउने यस्ता कृयाकलापको नेपाल पत्रकार महासंघ धादिङ घोर निन्दा र भर्तसना गर्दछ साथै यस घटनाको छानविन गरी दोषी माथि कानूनी कारवाहि गर्न र अभिव्यक्ति तथा प्रेस स्वतन्त्रताको सम्मान तथा ग्यारेन्टि गर्न सम्बन्धित पक्षसंग आग्रह गर्दछ ।
प्रतिक्रिया दिनुहोस