धादिङ १९ माघ
धादिङको उत्तरी भेगमा रहेको शिङ्गला देवी माध्यमिक विद्यालयमा वक्तृत्वकला प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ ।
शुक्रबार विद्यालयको बार्षिक कार्यतालिका अनुसार वक्तृत्वकला सम्पन्न भएको विद्यालय प्रधानाध्यापक बिमल लामा लोप्चनले जानकारी दिनुभयो । माध्यमिक तह र आधारभूत तहमा संचालन गरेको कार्यक्रम आधारभूत तह कक्षा ४–८ बाट १३ जना विद्यार्थीहरु र माध्यमिक तह कक्षा ९–१० बाट ३ जना विद्यार्थीहरुले सहभागिता जनाएको बिद्यालयका शिक्षक हर्क योन्जन तामाङले जानकारी दिनुभयो ।
कक्षा ६–८ “भाग्यभन्दा परिश्रम ठूलो“ भन्ने शिर्षकमा र कक्षा ९–१० मा “बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी“ भन्ने नाराका साथ कार्यक्रम संचालन गरिएको तामाङले जानकारी दिनुभयो ।
तामाङका अनुसार आधारभूत तहमा सहभागी विद्यार्थीहरु अणु तामाङ, सदिक्षा तामाङ,एलिसा तामाङ, अस्मिता तामाङ, रितु तामाङ, मनकुमारी तामाङ, अनुश तामाङ, लक्ष्मण तामाङ, मोहन तामाङ, अबिनास तामाङ, बिना तामाङ र ममता तामाङ रहेका छन ।
त्यसैगरी माध्यमिक तहतर्फबाट ललिता तामाङ, सरिता तामाङ र प्रस्थान तामाङ सहभागी रहेका छन । जस अन्र्तगत आधारभूत तहमा अणु तामाङ प्रथम मोहन दोस्रो र ममता तामाङ तेस्रो भएका छन् ।
माध्यमिक तहमा प्रथम ललिता तामाङ, दोस्रो सरिता तामाङ र तेस्रो प्रस्थान तामाङ भएको छन । विद्यालयले हरेक हप्तामा संचालन गरिने विभिन्न कार्यक्रमहरुमा सक्रिय सहभागी रहने गरेको तामाङले बताउनुभयो । विद्यार्थीको सर्बाङ्गिण पक्षको विकास गर्ने थलो बिद्यालय भएको दावी गर्नुभयो ।
विद्यार्थी जीवन भनेको आफ्नो भविस्यको खाका कोर्ने समय भएको हुनाले प्रत्येक विद्यार्थीहरु यस्तै विभिन्न अतिरिक्त क्रियाकलापहरुमा सरिक भइ आफुमा भएको प्रतिभालाई बाहिर देखाउनको लागि अनुरोध गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस