धादिङ १८ माघ
धादिङ गजुरी गाउँपालिका वडा नम्बर १ मा रहेका बिनय तामाङलाई गजुरी गाउँपालिका सरकारले कृतिम खुट्टा प्रदान गरेको छ ।
२०६२ सालमा गजुरीको चालिसेमा छ वर्षको उमेरमा रोड क्रस गर्दा दुर्घटनामा परेर बाँया खुट्टा गुमाएका तामाङलाई गाउँपालिकाले कृतिम खुट्टा फेरेर हिड्न सक्ने समेत बनाइदिएको गजुरी गाउँ पालिका अध्यक्ष गणेशलाल श्रेष्ठले बताउनुभयो ।
नेपाल अर्थोटिक केन्द्र प्रोस्थेटिक प्रालि धुम्बाराही काठमाडौँमा खुट्टा फेरेर हिड्न सक्ने बनाएको र उक्त कृतिम खुट्टाको १ वर्ष ग्यारेन्टी समेत रहेको रोशन थापाले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस