धादिङ ११ माघ
धादिङमा माघ १६ गते सहिद दिवसको अवसरमा खुल्ला रक्तदान कार्यक्रम सञ्चालन गरिने भएको छ ।
नेपाल रेडक्रस सोसाइटी युवा रेडक्रस सर्कल नीलकण्ठ बहुमुखी क्याम्पसको आयोजना र नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार सेवा केन्द्र धादिङको प्राविधिक सहयोगमा नीलकण्ठ बहुमुखी क्याम्पस परिसरमा उक्त खुल्ला रक्तदान कार्यक्रम सञ्चालन गरिने युवा रेडक्रस सर्कल नीलकण्ठ बहुमुखी क्याम्पसको अध्यक्ष सर्मिला अर्यालले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस