धादिङ १० माघ
नवौं धादिङ महोत्सवको उद्घाटन सम्पन्न भएको ।
बुधबार गजुरी गाउँपालिकाको गलौँदी खेलमैदानमा सुरुभएको नवौं धादिङ महोत्सवको उद्घाटन बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जमरकटेलको प्रमुख आतिथ्यतामा उद्घाटन सम्पन्न भएको हो ।
धादिङ महोत्सव उद्टान गर्दै मुख्यमन्त्री जम्कट्टेलले उत्पादनमुखी कृषि क्रान्तिमा बागमती प्रदेशले देश कै नमुना मोडलमा लैजान लागेको बताउनुभयो । धादिङ जिल्लालाई कृषि र पर्यटन सँगै रोजगार सहितको उत्पादनमुखी व्यवासायलाई जोड्ने योजना उद्योग वाणिज्य संघले बनाउनुपर्ने बताउदै मुख्यमन्त्री जमरकटेलले लगानी गर्ने व्यवसायीहरुलाई सरकारले आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कृषि पदर्शनी र घरेलु सामाग्री प्रदर्शनीमा उत्कृष्टलाई पुरस्कारको समेत व्यवस्था गरिएको बताईएको छ । कृषि, दुग्धजन्य पदार्थ, हस्तकलाबाट निर्मित सामग्री, धादिङका खनिजजन्य पदार्थ, जडीबुटी प्रदर्शन तथा बिक्री स्टल राखिएको महोत्सवमा महोत्सव अवधिभरि नै रमाइलो मेलामा विभिन्न मनोरञ्जनात्मक स्टललाई महत्व दिईएको धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष विष्णु प्रसाद थपलियाले रेडियो बिहानीसंग बताउनुभयो । महोत्सवको मुख्य आकर्षणका रुपमा कृषि सामाग्री प्रदर्शनी र त्रिशुलीमा र्याफ्टिङ रहेका छन् ।
‘धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि, पर्यटन जलश्रोत तथा उद्योगको पूर्वाधार’ भन्ने नारासहित विभिन्न जाति भेषभुषा सहितको झाँकी प्रदर्शन गरि उद्घाटन भएको कार्यक्रम आगमी माघ २१ गते सम्म सञ्चालन हुनेछ ।
प्रतिक्रिया दिनुहोस