धादिङ २२ मंसिर
धादिङको नीलकण्ठ नगरपालिका वडा नंम्बर ३ स्थित पुछार बजारमा अवस्थित न्यु किबो बोर्डीङले विविध कार्यक्रम गरी बुक फ्रि फ्राइडे मनाएको छ ।
शुक्रबार विद्यालयले प्राइमरी तर्फका विद्याथीहरुलाई वनभोज र आधारभूत र माध्यमिक तहका विद्यार्थी र हिमालयन बैंकका म्यानेजर प्रधुन्न पौडेल बिच प्रत्यक्ष अन्तरक्रियात्मक कार्यक्रम गरि मनाएको विद्यालयका सुचना अधिकारी अनुप भट्टले बताउनुभयो ।
विद्यालयले आगमी दिनमा पनि यस्तै यस्तै कार्यक्रमहरु गरेर विद्यार्थीहरुलाई बोल्ने कलाको विकास गराउने योजना बनाएको विद्यालयका प्रधानाध्यापक प्रयास रेग्मीले बताउनु भयो ।
विद्यार्थीहरुसँग अन्तरक्रिया गर्ने अवसर प्रदान गरेर सहयोग गरेको बताउदै म्यानेजर पौडेलले विद्यालय परिवारलाई धन्यवाद ज्ञापन समेत गर्नुभयो ।
विद्यालयले विद्यार्थीहरुलाई सैद्धान्तिक ज्ञान संगसंगै व्यवहारिक ज्ञान समेत प्रदान गर्ने उद्देश्यले हरेक शुक्रबार बुक फ्रि फ्राईडे मनाउँदै आईरहेको छ ।
प्रतिक्रिया दिनुहोस