धादिङ ०३ असोज
धादिङमा आज बुधबार संविधान दिवस भव्य रुपमा मनाएको छ ।
जिल्ला सदरमुकाम धादिङबेशी पुच्छारबजारबाट प्रभातफेरी गरि जिल्ला समन्वय समितीको सभाहलमा कार्यक्रम सञ्चालन भएको हो ।
जिल्ला समन्वय समिती धादिङको आयोजनामा सम्पन्न भएको कार्यक्रममा समन्वय उपप्रमुख,नगरपालिका तथा गाउँपालिकाका जनप्रतिनिधी,प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रे,नेकपा माओवादी केन्द्र धादिङ जिल्ला संयोजक मनराज भण्डारी(शैलेस),नेपाली काँग्रेसका प्रतिनिधी एवम् ज्वालामुखी गाउँपालिकाका पुर्व पालिका अध्यक्ष विनोद तिमिल्सीना,राप्रपा धादिङका अध्यक्ष ध्रुर्ब खनाल लगायत विभिन्न मिडिया हाउसका प्रमुख तथा प्रतिनिधी,सरकारी कार्यालयका प्रमुख तथा राष्ट्रसेवक कर्मचारीहरुको भव्य सहभागीतामा सम्पन्न भएको हो ।
प्रतिक्रिया दिनुहोस