हर्क योन्जन तामाङ
२७ साउन २०८०
धादिङको खनियाबास गाउँपालिका – ५ बच्छ्ला माध्यमिक बिद्यालयमा एस.इ इ २०७९ मा सामेल भइ उतिर्ण भएका विद्यार्थीहरुलाई सम्मान तथा बिदाई गरेका छन ।
शुक्रबार एक विशेष कार्यक्रमको आयोजना गरि पालिका अध्यक्ष रण बहादुर तामाङको प्रमुख आतिथ्य र उपाध्यक्ष सेकेमान तामाङको विशेष आतिथ्यमा सम्पन्न भएको हो ।
कार्यक्रमकै अवसरमा पालिका उपाध्यक्ष सेकेमान तामाङले आफ्नो ब्यक्तिगत रूपमा २०७९ सालको एस.इ. इ परिक्षा खनियाबास गाउँपालिका भरीमा उत्कृष्ट नम्बर ल्याई पालिका प्रथम भएका जीवन तामाङलाई प्रोत्साहन स्वरुप उच्च शिक्षा हासिल गर्न सहयोग मिलोस भन्ने उद्देशले ४० हजार रुपैया सहयोग गर्नुभएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुदै उपाध्यक्ष तामाङले स्थानीय सरकारको तर्फबाट र आफ्नो ब्यक्तिगततर्फबाट विद्यार्थी भाइबहिनीहरुलाई सदैव सहयोग गर्ने प्रतिबद्ध समेत व्यक्त गर्नुभयो ।
तामाङले आफ्नो पहिलो प्राथमिकता शिक्षा रहेकोले खनियाबासको बिकास शिक्षाबाट सुरु गर्ने बताउनुभयो । आफू निर्वाचित भएपछि गाउँपालिका भरीको सबै बिद्यालयमा स्वयं आफै पुगेर अनुगमन समेत गरेको बताउनुभएको छ ।
शिक्षाले मानिसलाई जीउन सिकाउन र हरेक ब्यक्तिको जीउने आधार भनेको नै शिक्षा भएको आफ्नो पहिलो प्राथमिकता शिक्षा भएको तामाङ बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस