२४ श्रावन २०८०
एएफसी कपमा मछिन्द्रले आई लिग क्लब मोहन बगानसंगको भेट पक्का गरेको छ । दशरथ रंगशालामा प्रारम्भिक चरणको खेलमा भुटानको पारो एफसीलाई ३–२ गोल अन्तरले हराउँदै मछिन्द्रले आगामी अगष्ट १६ मा हुने मोहन बगानसंगको भेट पक्का गरेको हो । मछिन्द्रको जितमा बिमल घर्ती मगर, आयुश घलान र अफिज ओलावालेले गोल गरे ।
खेलका सुरूवाती अग्रताले पारोले बनाएको थियो । खेलको ७ औं मिनेट मछिन्द्रको डिफेन्डिङ लाइन कमजोरीको फाइदा उठाउँदै काजु होमाले पारोलाई सुरूवाती अग्रता दिलाएका थिए । खेलको १२ औं मिनेटमा बिमल घर्ती मगरले बराबरी गोल फर्काए । आयुश घलानको क्रसमा उनले हेडर मार्फत बराबरी गरे ।
खेलको १५ औं मिनेट मछिन्द्रले खेलमा अग्रता बनाउन सफल रहयो । बिमलको पासमा आयुशले मछिन्द्रका लागि दोश्रो गोल गरे । खेलको ३९ औं मिनेटमा अफिस ओलावालेले मछिन्द्रका लागि तेश्रो गोल गरे । ओमोलाजा करिमको क्रसमा ओलावालेले सेकेन्ड बार च्याप्दै हेडर मार्फत गोल गरे । पहिलो हाफमा पारो माथि मछिन्द्रले दवाव बनाएको थियो । तर दोश्रो हाफमा मछिन्द्र माथि पारोले दवाव बनाउन सफल रहयो । खेलको ६१ औं मिनेटमा मछिन्द्रका डिफेन्डर छिरिङ गुरूङलाई बिट गराउँदै पारोका इभान आसान्टेले गोल गर्दै अग्रता ३–२ मा झारे । इन्जुरी समयमा गोलरक्षक बिट भएको अवस्थामा विमल घर्ती मगरले खाली पोष्टमा जाली चुमाउन चुके ।
खेलको २३ औं मिनेटमा पारोका कर्मा क्षेत्रिमले पहेलो कार्ड प्राप्त गरे । आयुस घलानलाई फाउल गरेपछि मुख्य निर्णायक गो डु लेनले क्षेत्रिमलाई कार्ड देखाए । ४५ औं मिनेटमा पारोका डिफेन्डर कोरा कोनेलाई फाउल गरेपछि अफिजले पहेलो कार्ड प्राप्त गरे । खेलको प्लेअर अफ दि म्याच विमल घर्तीमगर चुनिए ।
प्रतिक्रिया दिनुहोस