हर्क योन्जन तामाङ
२२ श्रावन २०८०
आइताबार एक बिशेष कार्यक्रमका साथ झार्लाङमा विश्व स्तनपान सप्ताह मनाइएका छन । झार्लाङ स्वास्थ्य चौकीको आयोजनामा आइताबार विश्व स्तनपान सप्ताह मनाइएको झार्लाङ स्वास्थको प्रमुख योराम तामाङले जानकारी दिनुभयो ।
स्तनपानमैत्री कार्यस्थलको सुनिश्चितता ,सबै सरोकारवाला हरुको प्रतिबद्धता “भन्ने मुल नाराका १–७ अगष्ट सम्म विश्व व्यपी रुपमा मनाउने सप्ताहको वडा सचिव दिनेश सुवेदीको अध्यक्षतामा समापन भएको तामाङले जानकारी दिनुभयो ।
तामाङका अनुसार स्तनपान गराउनले आमा र बच्चा स्वास्थ्य रहने बताउनुभयो । सप्ताह कार्यक्रम गर्नुको उद्धेश्य आमा र बच्चाको स्वास्थ्य र पोषण सुधारमा स्तनपानको ठुलो भूमिका हुने भएकोले नेपालमा समेत अगष्ट महिनाको पहिलो हप्तालाई हरेक वर्ष पोषण सप्ताहको रुपमा मनाएको बताउनुभयो ।
स्तनपान गराउंदाको फाइदा शिशुलाई मात्रै नभएर आमालाई पनि हुन्छ । । स्तनपान गराउने आमाहरुमा पाठेघरमा हुने समस्या, क्यान्सर र अन्य जटिल रोगहरुको जोखिम समेत कम हुने तामाङले बताउनुभयो । शिशु जन्मिएको एक घण्टा भित्रमा स्तनपान गराए शिशुलाई संभावित अकाल मृत्यु र अन्य जोखिम बाट समेत बचाउन सकिन्छ ।
त्यसो त जन्मिने बित्तिकै शिशुले स्तनपान गर्न पाउनु उसको मौलिक अधिकार पनि हो । विश्वब्यापी रुपमा हेर्ने हो भने ५ जना शिशु मध्ये ३ जना शिशुलाई मात्रै एक घण्टा भित्रमा स्तनपान गराइरहेको अभ्यास रहेको छ । नेपालको हकमा भने २०१६ मा भएको नेपाल स्वास्थ्य तथा जनसांख्यिक सर्वेक्षणको प्रतिवेदन अनुसार त्यो संख्या ५५ प्रतिशत रहेको छ । आमाको दुध शिशुको लागि पहिलो खोपको रुपमा रहेको छ जसले विभिन्न रोग संग लड्नको लागि ठुलो भूमिका खेल्ने गर्दछ ।
शिशुलाई विभिन्न हानिकारक रोग बाट बचाउनको लागि शिशु जन्मेको केहि दिन सम्म आमाबाट उत्पादन हुने पहिलो बिगौती दुधको धेरै ठुलो महत्व हुने गर्दछ । पहेलो बिगौती दुधमा रोग संग लड्नको लागि एक बिशेष प्रकारको प्रतिरोधात्मक तत्व हुने भएकोले बिगौती दुध खुवाउन सके शिशुलाई विभिन्न किसिमको संक्रमण बाट बचाउन सकिन्छ जन्मेको एक घण्टा भित्र स्तनपान गराएसंगै आमाले आफ्नो शिशु ६ महिना नपुगुन्जेल निरन्तर रुपमा स्तनपान गराउनु पर्दछ र यो बेलामा बच्चालाई आमाको दुध बाहेक पानी समेत दिनु हुदैन । बच्चालाई यो अवस्थामा चाहिने सम्पूर्ण खाना, पानी एवं पोषणको आवश्यकता आमाको दुधबाटनै प्राप्त हुन्छ ।
६ महिना सम्म निरन्तर आमाको दुध मात्रै खुवाईरहने अवस्थालाई पूर्ण स्तनपान भनेर बुझिन्छ । हाम्रो देशमा अझै पनि विभिन्न संस्कार रितिरिवाज को नाममा बच्चालाई पूर्ण स्तनपान नगराई ६ महिना अगाडीनै मह, घिउ, चिनी चटाउने गरेको पाइन्छ । नेपाल स्वास्थ्य तथा जनसांख्यिक सर्वेक्षण २०१६ को प्रतिवेदन अनुसार पनि नेपालमा पूर्ण स्तनपान गराउनेको संख्या ६६ प्रतिशत रहेको छ । शिशुलाई कहिले पनि स्तनपान नगराएको संख्या भने १ प्रतिशत मात्रै रहेको छ ।
आमाको दुध शिशुको लागि तयारी खाना भएकोले जहिले र जहाँ जुनै अवस्थामा खुवाउन सकिन्छर पूर्ण स्तनपानले शिशु हरुको शारीरिक एवं मानसिक वृद्धि र बिकाशमा समेत ठुलो भूमिका खेल्दछ र जन्मान्तर कायम राख्न समेत सहयोग पुर्याउदछ । ६ महिनासम्म स्तनपान मात्रै गराए संगै बच्चा कम्तिमा पनि २ बर्ष नपुगुन्जेल सम्म पुरक खाना लगाएत आमाको दुध नियमित रुपमा खुवाउनु पर्दछ । स्तनपान गराउदा शिशुलाई कम्तिमा पनि दिन र रात गरेर १० पटक दुध खुवाउनु पर्दछ ।
शिशुलाई एउटा स्तनबाट एकपटकमा कम्तिमा पनि १५ मिनेट र दुवै स्तन बाट पालो पालो गरी दुध चुसाउनुपर्दछ पर्छ । स्तनपानले सबै किसिमको कुपोषण हुन बाट बचाउनुको साथै बिपत् को अवस्थामा शिशुहरुमा खाद्य सुरक्षा समेत सुनिश्चित गराउंछ र बच्चाको पोषण सुधारको लागि सुनौलो हजार दिन महत्वपूर्ण रहेकोले त्यहि हजार दिन भित्र स्तनपानको भूमिका समेत महत्वपूर्ण रहेको छ । हुन त आज भोलि ूस्तनपान अमृत समान बोटलपान बिष समान भनेर स्तनपानको महत्वलाई बढावा दिएको पाइन्छ तर पछिल्लो समयमा बिशेषत सहरी क्षेत्रहरुमा बट्टाको दुध खुवाउने प्रचलन बढेको छ ।
यसको प्रमुख कारणहरुमा बढदो सहरीकरण, चेतनाको कमी, आमाको दुधको सट्टामा पाइने विभिन्न कृतिम खानेकुरा जस्तै सेरलक्ेस, लेक्टोजिन, आदीको प्रयोग रहेका छन् ।
कतिले सुरुमा स्तनपन गराउंदा दुध कम आएपछि बट्टाको दुध खुवाउने गरेको समेत पाइन्छ। सुरुमा आमाको दुध प्रयाप्त नआएपनि निरन्तररुपमा दुध चुसाउदै गर्योभने त्यसले आमाका ेशरिरमा दुध उत्पादन हुने हर्मोनको सक्रियता बृद्धि भइ पछि दुध मजाले आउने कुरामा धेरैजसो शिक्षीत व्यक्तिहरु पनि अनभिज्ञ रहेको पाइएको छ । कार्यक्रममा आमा समूह , महिला स्वास्थ्य स्वयंसेविका, सुनौलो हजार दिनका आमा तथा लि –बर्ड संस्थामा कार्यरत कर्मचरीहरुको सहभागीता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस