धादिङ १२ श्रावण
प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको समर्थनमा सदरमुकाम धादिङवेशीमा वृहत् सामूहिक हस्ताक्षर अभियान सुरु भएको छ ।
नेकपा माओवादी केन्द्र पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी धादिङ र नीलकण्ठ बहुमुखी क्याम्पस ईकाई कमिटीले क्याम्पस परिसरमा सामूहिक नागरिक हस्ताक्षर अभियान सुरु गरिएको हो ।
भ्रष्टचारको विरुद्धको अभियानमा अखिल क्रान्तिकारी धादिङले सबैलाई आग्रह अनुरोध गरेको छ ।
‘भ्रष्टचार विरुद्ध एकजुट हौँ र प्रचण्ड सरकारलाई समर्थन गरौँ’ भन्ने मूल नाराका साथ सबै सचेत नागरिक,जनप्रतिनिधी,राष्ट्र सेवाक कर्मचारी,लगायत विद्यार्थीहरुको उल्लेखीय सहभागीतामा शुक्रबार सुरु भएको अभियान आईतबार समापन हुने अखिल क्रान्तिकारी नीलकण्ठ बहुमुखी क्याम्पस ईकाई कमिटीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस