१० श्रावण २०८०
कबडी संघ धादिङको आयोजनामा भएको मैत्रीपुर्ण कबड्डी प्रतियोगिता मंगलबार सम्पन्न भएको छ ।
जिल्ला कबड्डी संघका धादिङका अध्यक्ष रत्नेस कुमार यादवको अध्यक्षता तथा जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रताप सिंह तामाङको प्रमुख आतिथ्यता भएको मैत्रीपुर्ण कबड्डी प्रतियोगितामा काभ्रे जिल्ला प्रथम भएको छ ।
त्यस्तै विशेष अतिथिको रुपमा नीलकण्ठ नगरपालिकाका कार्यपालिका सदस्य चिनामायाँ श्रेष्ठको सहभागीता रहेको ।
धादिङ,काठमाण्डौँ र काभ्रे जिल्ला स्तरीय टिमबिच भएको प्रतियोगितामा काभ्रे प्रथम र धादिङ जिल्ला द्धितिय भएका छ । मैत्रीपुर्ण कबड्डी प्रतियोगितामा प्रथम हुने समुहलाई मेडल र प्रमाणपत्रबाट पुरस्कृत गरिएको जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रताप सिंह तामाङले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस