३१ असार २०८०
नेपाल उद्योग ब्यापार महासंघ जिल्ला समिति धादिङको भेला सम्पन्न भएको छ । नेपाल उद्योग ब्यापार महासंघ जिल्ला समिति धादिङका अध्यक्ष दिपक कुमार कंडेलको अध्यक्षता तथा नेकपा माओवादी केन्द्र बागमती प्रदेश सह–सचिव दलबहादुर बुर्लाकोटी( बिजय)को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
त्यस्तै विशेष अतिथिको रूपमा नेकपा माओवादी केन्द्र धादिङको संयोजक मनराज भण्डारी, नीलकण्ठ नगरपालिका उप–प्रमुख दिपक विश्वकर्मा, दिपक लामिछाने ,ध्रुव प्रसाद थापा र बद्री सुवेदीको सहभागीता रहेको थियो ।
आज सदरमुकाम धादिङबेसीम भएको चियापान तथा भेटघाट कार्यक्रमको अवसरमा नेपाल उद्योग ब्यापार महासंघको प्रथम जिल्ला अधिबेशनबाट निर्वचित भएका पदाधिकारीहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो । सदरमुकाम धादिङबेसीमा आइतबार बिहान प्रथम स्थापना दिवसको अवसरमा आयोजित चियापान तथा भेटघाट कार्यक्रममा प्रमुख अतिथि बिशेष अतिथिहरुले उद्योग ब्यापारको बारेमा प्रशिक्षण गराउनुभएको थियो ।
नेकपा माओवादी केन्द्रको जनवर्गीय संगठन महासंघको प्रथम चियापान तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रमुख अतिथि तथा नेपाल माओवादी केन्द्र बागमती प्रदेश सह–सचिव बुर्लाकोटीले महासंघ बिस्तार हुँदै जानुपर्ने अवस्था सिर्जना भएको बताउनुभएको छ ।
सबै व्यवसायीहरु एकजुट भइ अगाडि बढ्नको लागि अनुरोध गर्नुभएको छ । सवै ब्यवसाहीहरुको हकहितको लागि काम चुस्त रूपमा तथा पारदर्शी रूपमा काम गर्दै जानको लागि अनुरोध गर्नुभएको छ ।
जिल्ला संयोजक मनराज भण्डारीले जिल्ला कार्यसमिति धादिङ पालिका पालिकामा उद्योग व्यापार महा संघलाई गठन गरि अझै ब्यापार व्यवसायीलाई प्रभावकारी बनाउनको लागि अनुरोध गर्नुभएको छ ।
जिल्लाभित्र रहेका व्यवसायीहरुलाई ब्यवसायिक रूपमा अगाडि बढाउनको लागि काम आफुलाई थुप्रै चुनौतीहरुको सामना गर्नु परेको सफल व्यवसायी तथा नेपाल उद्योग ब्यापार महासंघ धादिङका सचिव हरिकृष्ण लम्सालले बताउनुभयो । बैकको बढ्दो ब्याजदर तथा पछिल्लो समयमा भएको आर्थिक मन्दीको कारण ब्यवसायिहरुमा समस्या उत्पन्न भएको लम्सालले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस