धादिङ २० असार
प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अखिल क्रान्तिकारी धादिङ देश कै उत्कृष्ट जिल्ला बनेको बताउनुभएको छ ।
बुधबार त्रिभुवन विश्वविद्यालय किर्तिपुर काठमाडौंमा भएको अखिल (क्रान्तिकारी) स्ववियु काउन्सिलको तेस्रो राष्ट्रिय भेला उद्घाटन समारोहमा वोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विद्यार्थी संगठन देशको आमूल परिवर्तनको संम्वाहक भएकोले संगठनलाई अझ व्यापकरुपमा जनप्रेमी,विद्यार्थी प्रेमी,शिक्षाप्रमी र न्यायप्रेमी बनाउन लागिपर्नु पर्ने बताउनुभयो ।
स्ववियूका सम्पुर्ण निर्वाचित विद्यार्थी नेता तथा कार्यकर्ताहरुलाई उहाँले संगठनको विचार र सिद्धान्तलाई सिरोधार गरि सबै विद्यार्थीको पक्षमा,देश र राष्ट्रको पक्षमा उभिन आग्रह गर्नुभयो । वर्तमान सरकार सामाजिक न्याय सुशासन र संबृद्धिको यात्राको लक्ष्य लिएर कार्यसम्पादन गरिरहेको समेत स्पष्ट पार्नुभयो ।
कार्यक्रमकै अवसरमा प्रधानमन्त्री प्रचण्डले अखिल (क्रान्तिकारी) धादिङलाई जिल्ला अध्यक्ष विनोद आचर्य मार्फत सम्मान गर्नुभएको हो । गत चैतमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन(स्ववियू ) निर्वाचनमा धादिङमा अखिल क्रान्तिकारी विद्यार्थी संगठनले ५ वटा क्याम्पसहरुमा विजयी हासिल गर्न सफल भएकोले प्रधानमन्त्रीद्धारा सम्मान भएको हो ।
प्रधानमन्त्री प्रचण्डको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा पार्टी महासचिव देव गुरुङ,बागमति प्रदेश ईन्चार्ज हितमान शाक्य लगायतको विद्यार्थी नेता तथा कार्यकर्ताहरुको उपस्थित रहेको थियो ।
प्रतिक्रिया दिनुहोस