धादिङ ८ असार
धादिङको रुविभ्याली गाउँपालिका वडा नम्बर ४ को मुक्रापदेवी माध्यमिक विद्यालयमा अन्तर सदनात्मक हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
विद्यालयले शुक्रबार एक कार्यक्रमको आयोजना गरि कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरुलाई ४ वटा सदन (गणेश हिमाल,कञ्चनजंगा,गौरीशंकर र सगरमाथा सदन)समूहमा विभाजन गरि हाजिरी जवाफ प्रतियोगिता आयोजना गरिएको विद्यालयका प्रधानध्यापक तिर्थराज सुवेदीले जानकारी दिनुभयो ।
उक्त प्रतियोगिताबाट सगरमाथा सदन प्रथम ,गौरीशंकर सदन द्धितिय,कञ्चनजंगा सदन तृतिय र सान्त्वनामा गणेश हिमालले विजेता हासिल गरेको प्रधानध्यापक सुवेदीले बताउनुभयो ।
विद्यार्थीहरुलाई शिक्षाका विषयगत कुराहरुमा थप ज्ञान मिल्ने उद्धेश्यका साथ अन्तर विद्यालय सदनात्मक हाजिरी जवाफ प्रतियोगीता आयोजना गरिएको बताउनुभयो ।
विजेता प्रतियोगी टिमलाई भने विद्यालयलले एक विशेष कार्यक्रमको आयोजना गरि स्टेशनरी लगायतको पुरस्कार वितरण गर्ने प्रधानध्यापक सुवेदीले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस