धादिङ २३ चैत
धादिङको रुविभ्यालीमा तीन दिने जीवन रुपान्तरण र कार्यसम्पादन तालिम सुरुभएको छ ।
आज एक कार्यक्रमको आयोजना गरि जिल्ला समन्वय समितीको सभाहलमा गाउपालिका अध्यक्ष रामसिंह तामाङको अध्यक्षता अन्तराष्ट्रिय प्रशिक्षक(कोच) नर बहादुर कार्कीको प्रमुख आतिथ्यतामा उद्घाटन भएको हो । कार्यक्रममा गाउपालिका उपाध्यक्ष फेलामा तामाङ,प्रमुख प्रशासकीय अधिकृत नवीन कुमार गोलेको विशेष सहभागी रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुदै रामसिंह तामाङले मानिसहरु जीवनमा विभिन्न संघसंगठनमा आवद्ध हुदै समाज परिवर्तन गर्छु भन्दै गर्दा व्यक्ति स्वयम परिवर्तन नभएको हुदा जीवन जीउने र कार्यसम्पादन गर्ने शैलीलाई तालिमले व्यवहारिक्तमा ढाल्ने बताउनुभयो ।
जनप्रतिनिधी र कर्मचारीहरुले मात्र विभिन्न तालिमहरु लिईरहँदा प्रत्येक व्यक्ति र समाजमा प्रभाव नपर्ने भएकाले सिंगो गाउपालिका भरिका सबै वर्ग समूदायका आम नागारिहरुलाई जीवन जीउनका लागि केहि जान्नु पर्ने बताउनुभयो । गाउपालिकाले आगमी वर्षका योजनाहरुमा केन्द्र प्रदेश सरकारसंग सहकार्य गरेर अझ प्रभाकारी र विश्वसनीय बनाउने बिश्वास व्यक्त गर्नुभयो ।
तीन दिन सम्मको तालिममा सभ्य नागरिकको पहिचान दिएर प्रशिक्षकबाट केहि लाभ लिनसमेत सम्पुर्णमा आग्रह गर्नुभयो ।
त्यस्तै विशेष अतिथि गाउपालिका उपाध्यक्ष फेलामा तामाङले रुविभ्याली गाउपालिका राजनैतिक,आर्थिक,धार्मिक,व्यवाहरिक कारण अस्तव्यस्त भईरहेका गाउपालिका वासीहरुको चेतना,सोचमा परिवर्तन ल्याउन तीन दिने जीवन उपयोगी र कार्य सम्पादन तालिमले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
संबृद्ध,सुसंस्कृत रुविभ्याली गाउपालिका निर्माण गर्न सबै तह र तप्काले व्यक्तिगत स्वार्थ नराखी लाग्नलाई आग्रह समेत गर्नुभयो ।
आजबाट सुरु भएको तालिम शनिबार समापन हुने गाउपालिकाले जनाएको छ । कार्यक्रममा गाउपालिका भरिका विभिन्न राजनैतिक दलका प्रतिनिधी,वडा अध्यक्षहरु,प्रशिक्षार्थीहरुको उपस्थित रहेको थियो ।
अन्तराष्ट्रिय प्रशिक्षक(कोच) नर बहादुर कार्कीले गराईने प्रशिक्षणमा सय जना भन्दा बढीको संख्यामा प्रशिक्षार्थीहरु सहभागी रहेको थियो ।
प्रतिक्रिया दिनुहोस