धादिङ २९ माघ
धादिङमा भएका अनियमिततालाई आफ्नो कार्यकालमा नियन्त्रण गर्ने धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले बताउनु भएको छ ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौडा, मकवानपुरबाट सरुवा भइ धादिङको कार्यालय प्रमुखको जिम्मेवारी समाल्नु भएका मिश्रले आइतबार पत्रकार सम्मेलन मार्फत सो कुरा बताउनु भएको हो । उहाँले धादिङ जिल्लामा हुने गरेको गुण्डागर्दी चोरी डकैती,प्राकृतिक स्रोतसाधनको दोहन गर्नु,लागुपदार्थको ओसारपसार लगायत अपराधिक क्रियाकलापलाई नियन्त्रण गर्ने आफ्नो पहिलो प्राथमिकता रहेको बताउनुभयो ।
यस्तै राजमार्ग क्षेत्रमा हुने गरेको सवारी दुर्घटनालाई न्यूनीकरण गर्ने , चेक जाचलाई कडाई गर्ने बताउदै क्षमता भन्दा बढी यात्रु बोक्ने यातायातहरुको निगरानी गरि भोलिबाटै कार्बाही गर्ने बताउनु भएको छ । “राष्ट्र सेबक कर्मचारी भएपछी जनताको सेवामा तल्लिन हुनुपर्छ,प्रहरी संगठन बलियो भयो भने मात्र अन्य निकाय बलियो हुन्छ एसपी मिश्रले बताउनुभयो ।
आमनागरिकले सुरक्षाको अनुभुती गर्न सक्ने खालको काम प्रहरीले गर्नुपर्छ । “लुते प्रहरी होइन साहसकासाथ दह्रो प्रहरी भएर काम गर्नु पर्ने उहाँको भनाइ छ ।“ यस्तै प्रहरी उपरीक्षक मिश्रले प्रहरीमा आएका घटनामा कुनै राजनीति दलहरुको सोर्स फोस र दबाबमा नपरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष राजाराम शर्मा,प्रेस युनियन धादिङका अध्यक्ष पोषनाथ अधिकारी लगायत राष्ट्रिय तथा जिल्लाका विभिन्न संञ्चार माध्यमका प्रत्रकारहरुको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया दिनुहोस