धादिङ १९ माघ
जिल्ला प्रशासन कार्यालय धादिङले राहदानी अनलाइन फारम अग्रिम बुकिङको समय बढाउने भएको छ ।
विद्युतिय राहदानी आवेदनका लागि माघ २० गते शुक्रबार ३ बजेदेखि एकसाथ आगामी एक महिना लागि अग्रिम बुकिङ खोलिने भएको हो । जिल्ला प्रशासन कार्यालय धादिङले आज एक सूचना जारी गर्दै अग्रिम बुकिङ खोलिने विषयमा जानकारी गराएको हो ।
यसअघि हरेक शुक्रबार ३ बजे एक हप्ताको लागि एपोईनमेन्ट डेटको बुकिङ खोलिदै आएको थियो । यस्तै अनलाईन फारम भर्दा धेरै त्रुटीपूर्ण विवरणहरु भर्ने गरिएको, आवश्यक कागजातहरु अपलोड हुने गरेको समेत पाईएको भन्दै अनलाईन फारम भर्दा सहि स्पष्ट विवरण र आवश्यक कागजात समेत अपलोड गरिदिन अनुरोध पनि गरेको छ ।
साथै आफ्नो एपोईन्टमेन्ट डेट जुन दिन परेको हो सोही दिन मात्र आवश्यक कागजात सहित उपस्थित हुन पनि सूचना मार्फत प्रशासनले अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस