नेपालमा आँखाको नानी प्रत्यारोपण र दान गर्ने क्रम बढ्दै ।।
३ पुष २०७९, आईतवार १०:५८
रेडियो बिहानी संवाददाता
धादिङ पुष ३
नेपालमा आँखाको नानी प्रत्यारोपण र दान गर्ने क्रम बढ्दै गएको छ । पहिलो पटक २०५१ सालमा काठमाडौँ ढोकाटोलका चिनीमाया तुलाधरले आँखाको नानी दान गरेसँगै नेपालमा कर्निया अर्थात नानी प्रत्यारोपण थालिएको हो । त्यसयता सबैभन्दा धेरै सन् २०१९ मा मात्रै एक हजार तीन सय ४८ कर्निया आँखा बैंकमा उपलब्ध भएका थिए । तर, कोभिड महामारीपछि नानी सङ्कलन र प्रत्यारोपणमा कमी आएको थियो ।
यद्यपी अहिले विस्तारै सामान्य हुन थालेको नेपाल आँखा बैंकले जनाएको छ । बैंकका अनुसार सन् २०२० मा ६ सय २५ वटा मात्रै आँखाको नानी संकलन भएकामा २०२१ मा आठ सय एक र यो वर्ष ९३ वटा आँखाको नानी दानमार्फत प्राप्त भएको थियो । प्राप्त नानी प्रत्यारोपण गर्नुअघि कुनै सर्ने रोग भएनभएको परीक्षण गरिने र रगतको माध्यमबाट सर्ने रोग भए प्राप्त नानी प्रयोग नहुने पनि गरेको छ । हाल बर्सेनि ५ सयदेखि १५ सय जनासम्मको नानी प्रत्यारोपण हुने गरेको छ ।
दान गरिएको नानी झिकेर दृष्टी नभएकाहरुलाई प्रत्यारोपण गरिने नेपाल आँखा बैंकका प्रवन्धक शङ्खनारायण त्वायनाले बताउनुभयो । हाल तिलगङ्गा आँखा अस्पताल, त्रिवि शिक्षण अस्पताललगायत देशभरका १० वटा आँखा अस्पतालले नानी प्रत्यारोपण गर्दै आएका छन् । पछिल्लो समय मृत्युपछि आँखा दान गर्ने संस्कृति बढ्दै गएकाले माग सहज बन्दै गएको चिकित्सकहरू बताउँछन् ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार
आगामी जेठ १३ गते देखी देशव्यापी रुपमा बालबालिकालाई पोलियो खोप अभियान सञ्चालन हुने
गंगाजमुना गाउँपालिकामा नागरिक स्वास्थ्य सेवा सहितको एकीकृत घुम्ती शिविर शुभारम्भ
न्यू किबो वोर्डिङ स्कुलमा मातातिर्थ औँसी बिशेष कार्यक्रम सम्पन्न
गंगाजमुना ३ गुम्दीमा स्यानेटरी प्याड बनाउने तालिम समापन
विभिन्न संघसंस्थाद्धारा धादिङवेशी नगर क्षेत्र सरसफाई
वेनीघाट रोराङ गाउँपालिकामा शिक्षक सेवा आयोग परीक्षा तयारी कक्षा सञ्चालन हुने
वन डढेलो लगाउने व्यक्तिको सूचना उपलब्ध भए पुरस्कार पाउने
वन डढेलो लगाउनेलाई ३ बर्ष सम्म कैद सजाए हुने,जानीजानी जथाभावी आगो नलगाऔँ
बेनीघाट रोराङ गाउँपालिकामा माटो परीक्षण शिविर सञ्चालन
रुविभ्यालीमा बृहत स्वास्थ्य शिविर सञ्चालन हुदै,सहभागी हुन गाउँपालिका अध्यक्षद्धारा अनुरोध
नीलकण्ठ नगरपालिकामा व्यवासायीहरुका लागि कर सचेनता कार्यक्रम सञ्चालन
गंगाजमुना पदमार्ग पर्यटन प्रवर्द्धन,तेम्बा ह्यारा भीरमा ‘हनि हन्टिङ’
प्रतिक्रिया दिनुहोस