समानुपातिकतर्फ १ करोड ४ लाख २० हजार मतगणना,७ वटा दल राष्ट्रियपार्टी बने
१८ मंसिर २०७९, आईतवार १०:२४
रेडियो बिहानी संवाददाता
धादिङ १८ मंसिर
प्रतिनिधि सभाको समानुपातिकतर्फ एक करोड चार लाख २० हजार मत गणना भएको छ । अहिलेसम्मको परिणाम अनुसार पहिलो स्थानमा रहेको नेकपा एमालेले २७ लाख ८८ हजार मत प्राप्त गरेको छ ।
यस्तै, कांग्रेसले २६ लाख ६० हजार, माओवादी केन्द्रले ११ लाख ६२ हजार र राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ३४ हजार मत प्राप्त गरेका छन् । अहिलेसम्म एमाले, कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टी गरी सात वटा दलले थ्रेस होल्ड कटाएर राष्ट्रिय पार्टी बनेका निर्वाचन आयोगले जनाएको छ ।
प्रतिनिधि सभातर्फ राष्ट्रिय पार्टी बन्नको लागि कुल सदर मतको तीन प्रतिशत मत ल्याउनैपर्छ । नेकपा एकीकृत समाजवादीले दुई लाख ९४ हजार ३६२ मत पाएको छ । उसले थ्रेस होल्ड कटाउनेबारे अझै टुङ्गो लागेको छैन । दोलखा र बाजुरामा मतगणना चलिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार
रुविभ्यालीमा बृहत स्वास्थ्य शिविर सञ्चालन हुदै,सहभागी हुन गाउँपालिका अध्यक्षद्धारा अनुरोध
नीलकण्ठ नगरपालिकामा व्यवासायीहरुका लागि कर सचेनता कार्यक्रम सञ्चालन
गंगाजमुना पदमार्ग पर्यटन प्रवर्द्धन,तेम्बा ह्यारा भीरमा ‘हनि हन्टिङ’
धादिङको एड्भान्स एकेडेमी १९ औँ वर्षमा प्रवेश
धादिङको तीन गा.पाको जनतालाई प्रत्यक्ष लाभ पुराउने किन्ताङफेदी वेलीबृजको उद्घाटन
मुख्यमन्त्री जमकट्टेलद्धारा मोटरेवल पुल र वडा प्रशासकीय भवन उद्घाटन
वेनीघाट रोराङ गा.पा मा वडा प्रशासकीय र स्वास्थ्य ईकाई कार्यालयको भवन उद्घाटन
धादिङको वेनीघाट रोराङ गाउँपालिका‘पुर्ण खोप सुनिश्चितता’पालिका घोषणा
‘विकासको मोडेललाई उत्पादनसंग जोड्ने खालको योजना ल्याउन आवश्यक छ’–पुर्व अर्थमन्त्री पाण्डे
एड्भान्स एकेडेमीद्धारा व्यवहारिक वातावरण र शैक्षिक सुधारको लागि अभिभावकसंग अन्तरक्रिया
आजदेखि देशभर कक्षा १२ को परीक्षा सुरु,करिब ४ लाख विद्यार्थी सहभागी हुदैँ
प्रतिक्रिया दिनुहोस