धादिङ ।
देशभर नेकपा एमालेको विरुद्धमा मोर्चा बन्दी स्वरुप बनेको गठबन्धन धादिङको रुबीभ्यालीमा भने राप्रपा हराउने दाउमा अगाडी बढेको छ ।
रुबीभ्यालीमा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई पाराजित गर्न कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी सहितको ३ दलिय गठबन्धन बनेको हो । सहमति अनुसार यी ३ दलले साझा उम्मेदवार उठाएका छन् ।
राप्रपाको केन्द्रिय वरिष्ठ उपाध्यक्ष एवम् पूर्व गृहमन्त्री बुद्धिमान तामाङको जन्मभुमी रुबीभ्याली राप्रपाको पकट क्षेत्रको रुपमा चित्रित छ । गठबन्धनको दरिलो उपस्थितिको सामना गर्न केन्दीय सदस्य समेत भैसकेका गोम्बा घलेलाई राप्रपाले मैदानमा ल्याएको छ । पालिका अध्यक्षका उम्मदवार घले, आर्थिक, राजितिक तथा जनसम्बन्धमा स्थापित नेता भएको राप्रपाको दावी छ ।
यता राप्रपाको वर्षौदेखिको दवदवा रहेको यस गाउँपालिकामा राप्रपा पल्टाउन गठबन्धन तयारी अवस्थामा रहेको र बैशाख ३० गते कुरेर बसेको गठबन्धनका नेताहरु बताउँछन् ।
रुबीभ्यालीमा यस्तो छ उम्मेदवार भागबण्डा
पालिका अध्यक्ष (रामसिङ तामाङ
उपाध्यक्ष (फे लामा तामाङ
वडा नम्बर १
अध्यक्ष पम्पर तामाङ कांग्रेस
सदस्यहरु, काले थापा तामाङ, विनि लामा तामाङ, कल्पना तामाङर रसमाया कामी
वडा नम्बर २
अध्यक्ष रुपा घले एकीकृत समाजवादी
सदस्यहरु, काले घले माओवादी, धन तामाङ माओवादी, धनसिं तामाङ कांग्रेस, सर्कीनी विक कांग्रेस
वडा नम्बर ३,
अध्यक्ष रिकलामा तामाङ एकीकृत समाजवादी
सदस्यहरु, तासिङ् तामाङ माओवादी, बलमायाँ कामी माओवादी, विन्जा तामाङ कांग्रेस, प्रिति तमाङ कांग्रेस
वडा नम्बर ४
अध्यक्ष विपिन तामाङ माओवादी,
सदस्यहरु ख्यासङ तामाङ, सितामायाँ काकी, रनमायाँ तामाङ र अनिता मायाँ गुरुङ
वडा नम्बर ५
अध्यक्ष रम्बा तामाङ कांग्रेस, दर्जाङ तामाङ माओवादी, आशा दुधराज माओवादी, रिल बहादुर तामाङ एकीकृत समाजवादी र धन तामाङ एकीकृत समाजवादी
वडा नम्बर ६
अध्यक्ष समिर गुरुङ एकीकृत समाजवादी
सदस्यहरु, देउती विक कांग्रेस, अनिसा गुरुङ माओवादी, रम्पा तामाङ माओवादी र कुल बहादुर गुरुङ कांग्रेस
प्रतिक्रिया दिनुहोस