धादिङ १३ वैशाख
नेकपा(माओवादी केन्द्र)ले नेत्रावती डबजोङ गाउँपालिका धादिङमा उर्मिला तामाङ गुरुङलाई अध्यक्षको उम्मेद्वार बनाएको छ ।
सत्ता गठबन्धन दल नेपाली काङ्ग्रेस र माओवादी केन्द्र दुबैको अध्यक्षमा दाबि रहेका कारण गठबन्धन हुन नसेकेको उक्त पालिकामा माओवादीले तामाङको अध्यक्षतामा एकल उम्मेद्वार दिएको हो तर उपाध्यक्षमा भने उम्मेद्वारी दिएको छ ।
नेत्रावती डबजोङमा माओवादीले एकीकृत समाजवादीसँग तालमेल गर्नेगरी तयारी थालेको छ । जसअनुसार उपाध्यक्ष र वडा नं. ५ समाजवादीका उम्मेद्वारले उम्मेद्वारी दिएका छन् ।
तामाङ अघिल्लो स्थानीय तह निर्वाचनमा उपाध्यक्ष पदमा विजयी हुनुभएको थियो । ५ वटा वडा रहेको नेत्रावती डबजोङमा माओवादीले अध्यक्ष र ४ वटा वडामा मात्र उम्मेद्वारी दर्ता गराएको छ ।
जसअनुसार
वडा नं. १ मा चन्द्र बहादुर पल्लीमगर
वडा नं. २ मा सुन्दर थापा
वडा नं. ३ मा दिपक तामाङ
वडा नं. ४ मा राजकुमार श्रेष्ठ रहेका छन् ।
वडा नं. १ का अध्यक्ष पल्लीमगर र २ का अध्यक्ष थापा अघिल्लो स्थानीय निर्वाचनमा पनि वडा अध्यक्षमा विजयी भएका हुन् ।
प्रतिक्रिया दिनुहोस