धादिङ २६ चैत्र
यही चैत्र २८ गते सोमबार योङ कम्युनिष्ट लिग नेपालका इन्चार्ज राम प्रसाद सापकोटा(दिपशिखा) र अध्यक्ष सुमन देवकोटा धादिङ आउने भएका छन् ।
वाइसिएल नीलकण्ठ नगर संगठन कमिटीको प्रथम सम्मेलनलाई सम्बोधन गर्न दुबै नेतृत्व धादिङ आउने भएका हुन् ।
वाइसिएल नीलकण्ठ नगर कमिटी इन्चार्ज सन्तोष भण्डारीका अनुसार बृहत बाइक ¥याली सहित धादिङबेसीमा सम्मेलनको आयोजना गरिएको छ ।
सम्मेलनका लागि नगरपालिकाका १४ वटै वडाबाट युवाहरुलाई भेला गराउने तयारी भएको छ ।
प्रतिक्रिया दिनुहोस