धादिङ २५ चैत
नेपाल पत्रकार महासंघ धादिङका संस्थापक सभापति स्व सिताराम प्रसाद वर्माको शालिक अनावरण तथा संस्थापक सचिव एवं पूर्व अध्यक्ष स्व राजेन्द्र प्रताप शाहको श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।
पत्रकार महासंघ धादिङका अध्यक्ष राजाराम शर्माको अध्यक्षतामा भएको कार्यक्रममा संघीय सांसद खेम लोहनीको प्रमुख आतिथ्यता तथा पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष शिव देवकोटाको विशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रमका विशेष अतिथि पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष शिव देवकोटाले स्वर्गीय बर्मा र शाहलाई स्मरण गर्दै अग्रजले गरेका सकारात्मक कार्यलाई अनुशरण गर्दै जानुपर्ने बताउनु भयो ।
त्यस्तै कार्यक्रमका प्रमुख अतिथि लोहनीले धादिङमा पत्रकारिता क्षेत्रलाई अगाडि बढाउन संस्थापक सभापति वर्मा र पूर्व अध्यक्ष शाहको ठुलो योगदान रहेको बताउनुभयो ।
संस्थापक सभापति बर्माको गत साल निधन भएको थियो भने संस्थापक सचिव एवं पूर्व अध्यक्ष शाहको यही चैत्र ३ गते निधन भएको थियो ।
प्रतिक्रिया दिनुहोस