धादिङ २५ चैत
धादिङ जिल्लामा रहेका सत्तारुढ गठबन्धन दलबिच स्थानीय निर्वाचनमा गठबन्धन गर्ने निर्णय भएको छ । शुक्रबार गल्छी धादिङमा बसेको जिल्लास्थित गठबन्धन दलहरुको बैठकले १३ वटै पालिका, १ सण् ४ वडा र जिल्ला समन्वय समितिमा समेत चुनावी तालमेल गरी निर्वाचनलाई सफल बनाउने निर्णय गरेको छ ।
यस्तै १३ वटै स्थानीय तहमा चुनावी तालमेलका लागि नेपाली कांग्रेसका पालिका सभापतिको अध्यक्षतामा संयुक्त संयन्त्र निर्माण गर्ने, गठबन्धनमा रहेका दलहरुबिच गठबन्धनको मर्म र भावना अनुरुप एक आपसमा समान र हार्दिकताको विकास गर्दै निर्वाचनमा केन्द्रित हुने, दलगत वस्तुस्थितिका बारेमा प्रतिवेदन तयार गर्न प्रत्येक दलबाट २/२ जना प्रतिनिधि रहने कार्यदल गठन गर्ने लगायतका ८ वटा निर्णयहरु गरेको छ ।
नेपाली कांग्रेस धादिङका सभापति रामनाथ अधिकारीको अध्यक्षमा भएको सत्ता गठबन्धनको उक्त बैठकमा नेपाली कांग्रेसको तर्फबाट नेताहरु दिलमान पाख्रिन , भिम प्रसाद ढुंगाना , विश्व अर्याल रहेका थियो । भने माओवादी केन्द्रबाट शालिकराम जम्कटेल, दल बहादुर बुर्लाकोटी, मनराज भण्डारी , दिपक लामिछाने र शम्भु कुमार श्रेष्ठ रहेका थियो ।
नेकपा एकीकृत समाजवादीको तर्फबाट राजेन्द्र पाण्डे, गंगालाल तुलाधर , गुरु प्रसाद बुर्लाकोटी, ईन्दिरा ढुंगाना र सुवास खतिवडा रहेका थियो ।
त्यसैगरि जनता समाजवादीबाट राजु नेपाल, वीर बहादुर तामाङ , राम बहादुर ढकाल, अर्जुन सापकोटा र अनिल अधिकारी लगायत मुख्य नेताहरुको उपस्थिति रहेको थियो ।
यस्ता छन् निर्णयहरु :
१. धादिङ जिल्लामा कृयाशील राजनैतिक दलहरु नेपाली कांग्रेस, नेकपा(माओवादी केन्द्र), नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी आगामी नेतृत्व संयुक्त बैठक बसी जिल्ला स्थित गठबन्धन भित्रको राजनैतिक दलहरु बिच आगामी स्थानीय निर्वाचन २०७९ बैशाख ३० गते हुने निर्वाचनमा चुनावी तालमेल गरी गठबन्धनलाई विजय गराउने,
२. जिल्लामा रहेका १३ वटा पालिका १०४ वडा र जिल्ला समन्वय समितिमा समेत चुनावी तालमेल गरी निर्वाचन सफल बनाउने,
३. जिल्ला स्थित १३ वटै पालिकामा गठबन्धन दलबिच चुनावी तालमेलका लागि संयुक्त संयन्त्र निर्माण गर्न संयुक्त संयन्त्रको संयोजन नेपाली कांग्रेसको पालिका सभापतिहरुले गर्ने,
४. गठबन्धनमा सहभागी दलहरुबिच गठबन्धनका मर्म र भावना अनुरुप एक आपसमा समान र हार्दिकताको विकास गर्दै संयुक्त रुपमा आसन्न स्थानीय निकायको निर्वाचनमा सहभागी हुने,
५. केन्द्रीय परिपत्र अनुसार दलगत वस्तुस्थितिका बारेमा प्रतिवेदन तयार गर्न प्रत्येक दलबाट २÷२ जना प्रतिनिधि रहने कार्यदल गठन गर्ने,
६. कार्यदलको सचिवालय जिल्ला सदरमुकाम धादिङबेसीमा राख्ने,
७. गठबन्धन दलहरु बिच एक आपसमा हिलो छ्यापाछ्याप नगर्न र गठबन्धन दलबिच एक अर्को सदस्य वा मतदातालाई आफ्नो पार्टीमा प्रवेश नगराउने,
८.आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पनि गठबन्धनकै तर्फबाट निर्वाचनमा जान केन्द्रीय समितिलाई अनुरोध गर्ने,
प्रतिक्रिया दिनुहोस