धादिङ २१ चैत्र
नेकपा एमालेका उपाध्यक्ष राम बहादुर थापा बादलले स्थानीय निर्वाचन भयरहित र निष्पक्ष रुपमा सम्पन्न हुनेमा आशंका रहेको बताउनु भएको छ । सोमबार पार्टी कार्यक्रमका लागि धादिङबेसी आइपुग्नुभएका थापाले पत्रकारहरुसँग कुराकानी गर्दै सो कुरा बताउनु भएको हो ।
बाइट
यस्तै उपाध्यक्ष थापाले स्थानीय निर्वाचनमा एमाले पहिलो पार्टी बन्ने दाबी समेत गर्नुभयो । देशैभर एमालेप्रति जनलहर देखिएकाले दुई तिहाइ सहितको पहिलो पार्टी बन्नेमा कुनै दुविधा नभएको बताउनु भयो ।
बाइट
अर्को प्रसंगमा बोल्दै थापाले गणतन्त्र तात्कालीन एमालेको एजेन्डा भएको तथा अहिलेको मूलभुत राजनैतिक उपलब्धीहरु जनयुद्ध र जनआन्दोलनको उपलब्धीको रुपमा आफूले लिएको र एमाले पार्टीले पनि त्यसलाई स्वीकार गरेको बताउनु भयो ।
बाइट
प्रतिक्रिया दिनुहोस