धादिङ ०२ पौष
पञ्चकन्या माध्यमिक विद्यालय नीलकण्ठ १३ मधुवन सांकोसको ५० औँ स्वर्ण जयन्ती तथा विविध सांस्कृतिक कार्यक्रम बिहिबार सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष लाल बहादुर गुरुङको अध्यक्षतामा भएको स्वर्ण जयन्ती कार्यक्रममा नेपाली कांग्रेस धादिङ प्रतिनिधि सभा क्षेत्र नं. २ का सभापति राकेश धमलाको प्रमुख आतिथ्यता, नेपाल सरकारका पूर्व सहसचिव एवं विद्यालयका पूर्व शिक्षक राममणि दुवाडी, नीलकण्ठ नगरपालिका वडा नं. १३ का वडा अध्यक्ष एवं नेपाली कांग्रेस प्रतिनिधि सभा क्षेत्र नं. २ ख का सभापति होम बहादुर गुरुङ लगायतको विशेष आतिथ्यता रहेको थियो ।
विद्यालय स्थापना भएको पचास वर्ष पुगेको उपलक्ष्यमा आयोजित स्वर्ण जयन्ती कार्यक्रममा विद्यालय स्थापनाकालदेखिका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति, पूर्व शिक्षक तथा विद्यालयलाई आर्थिक, शैक्षिक र भौतिक रुपमा सहयोग पु¥याउने सहयोगी दाताहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा चर्चित लोक तथा दोहोरी गायक राम्जी खांड र गायिका सीता थापा लगायतको बेजोड सांस्कृतिक प्रस्तुति समेत रहेको थियो ।
साथै साहित्यकार स्वर्गीय डिल्लि रमण शर्मा अर्याल स्मृति साहित्यिक अक्षय कोषको आयोजनामा अन्तर विद्यालय वक्तृत्त्वकला प्रतियोगिता समेत आयोजना गरिएको थियो । विद्यालयका प्रधानाध्यापक विकेन्द्र गुरुङले विद्यालयको प्रगति प्रतिवेदन समेत प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा विद्यालयका विभिन्न सदनका विद्यार्थीहरुले सास्कृतिक नृत्य प्रस्तुत गरेर कार्यक्रमलाई थप रोचक बनाएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवं नेपाली कांग्रेस धादिङका युवा नेता राकेश धमलाले आफूले क,ख,ग चिनेको विद्यालय भएकाले निरन्तर आर्थिक, भौतिक सबै खाले सहयोग गर्दै आएको र आगामी दिनमा पनि आफूले सहयोगलाई जारी राख्ने प्रतिबद्धता जनाउनु भयो ।
कार्यक्रमकै अवसरमा विद्यालयमा उत्ृकष्ठ सेवा गरेबापत २ जना शिक्षकहरुलाई सम्मान समेत गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस